arrow

भारत–नेपालबीचको व्यापार वृद्धि हुनुपर्नेमा जोड

logo
प्रकाशित २०७५ वैशाख २३ आइतबार
chamber.jpg

काठमाडौं। नेपाल चेम्बर अफ कमर्सले भारतसँगको व्यापारलाई अभिवृद्धि गर्न सरकारका तर्फबाट आवश्यक पहल गरिदिन आग्रह गरेको छ। नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको नेपाल–भारत प्रवद्र्धनसम्बन्धी अन्तरक्रियामा चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले देशमा आर्थिक समृद्धि हासिल गर्ने अठोट मुलुकले गरिरहेको बेला भारत–नेपालबीचको व्यापार वृद्धि हुनुपर्ने बताए।

भूपरिवेष्टित देश नेपालले भारतको विशाखापटनम तथा बंगलादेशको बन्दरागाह पनि खुलाउन पाएमा त्रिदेशीय व्यापार वृद्धि हुने बताउँदै उनले नेपालमा सिन्डिकेटको निमिट्यान्न पार्ने सरकारको अभियानलाई चेम्बरले स्वागत गरेको बताए। बुद्धको जन्मस्थल लुम्बिनीको भ्रमणमा आउने विदेशी पर्यटकको पासपोर्ट डिपोजिट गर्ने नियम खारेज गरी पर्यटकको लुम्बिनी बसाइँलाई लम्ब्याउनुपर्नेमा जोड दिए।

सो अवसरमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालले भारतको विश्वास जित्ने पहल गरिरहेको जानकारी दिँदै भारतसँग भएका समझदारीलाई कार्यान्वयन गर्ने पहल गरिरहेको उल्लेख गरे। उनले भारतसँगको सहयोगका नयाँ क्षेत्रको पहिल्याउने काम भइरहेको चर्चा गर्दै भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमण यसमा नै केन्द्रित हुने बताए।

उनले नेपालको अलैँची, अदुवा तथा जुट सबै भारतमा निकासी भए पनि नेपालको व्यापार घाटामा कुनै परिवर्तन नहुने उल्लेख गर्दै यसमा केन्द्रित गरेर भारतसँग छलफल चलाउने बताए। काठमाडौँ–रक्सौल रेलमार्ग तथा जलमार्गको सम्भाव्यता तथा नयाँ हवाई प्रवेश बिन्दुका विषयमा पनि छलफल गर्ने उनले जानकारी दिए। रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ