arrow

मोदीको यस्तो छ २९ घन्टे कार्यक्रम

logo
प्रकाशित २०७५ वैशाख २४ सोमबार
narendra-modi.jpg.jpeg

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले वैशाख २८ गतेबाट सुरु गर्ने दुईदिने नेपालको राजकीय भ्रमणको सिलसिलामा जनकपुर, काठमाडौं र मुक्तिनाथमा साढे २९ घन्टा बिताउने भएका छन् । 

तय भएको कार्यक्रम अनुसार वैशाख २८ गते बिहान जनकपुरबाट सुरु हुने मोदीका नेपाल भ्रमण काठमाडौं हुँदै मुक्तिनाथबाट पुनः काठमाडौं आई अन्त्य हुनेछ । 

भ्रमण कार्यक्रमअनुसार भारतीय प्रधानमन्त्री मोदी वैशाख २८ गते विहान नयाँदिल्लीबाट विहारको राजधानी पटना हुँदै भारतीय सेनाको विशेष हेलिकप्टरमा जनकपुर विमानस्थलमा आउने छन् ।

त्यहाँ उनलाई सरकारमा मन्त्रीले स्वागत गर्नेछन् । त्यसपछि उनी सीधै जानकी मन्दिर प्रस्थान गर्नेछन् । जहाँ प्रधानमन्त्री केपी शर्मा आलीले उनको स्वागत गर्ने कार्यक्रम छ । (नागरिक दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ