arrow

हाइटेन्सन नजिक काम गर्ने क्रममा करेन्ट लागेर ३ घाइते

logo
सीता डोटेल,
प्रकाशित २०७५ वैशाख २४ सोमबार
Nepal-Electricity-Authority.jpeg

पाल्पा । पाल्पाको रामपुरमा जलविद्युतको हाइटेन्सन नजिक काम गर्ने क्रममा करेन्ट लागेर ३ जना घाइते भएका छन् । विद्युत प्रवाह भइरहेको नाङ्गो तारमा फलामले छोइएपछि स्थानिय ४ जनालाई करेन्टले हुत्याएको थियो ।

घाइते हुनेहरुमा रामपुर ५ का १६बर्षका सुमन सुनार, ३१ बर्षका पवनसिं थापा, ३५ बर्षका शेर बहादुर राना रहेका छन् । अर्का ४५ बर्षका हुम बहादुर सुनार भने शकुसल नै छन् भने अन्य ३ जनाको अबस्था पनि खतरामुक्त रहेको रामपुर अस्पतालले जनाएको छ । घाइते ३ जनाको शरीरका केही स्थानमा पोलेको छ ।

 अहिले उनीहरुको उपचार भइरहेको छ । घाइते सबै रामपुर ५ मटेरीका हुन् । बुटवल पावर कम्पनी अन्तर्गत स्याङ्गजाको गल्याङ्गबाट रामपुर ल्याइएको विद्युतको मुख्य हाइटेन्सन नजिक विद्युत पोल गाड्ने क्रममा फलामको पोलले नाङ्गो तारमा छोइएपछि उनीहरुलाई करेन्ट लागेको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ । बढी भोल्टेजका कारण उनीहरुलाई करेन्ट लागेर केही पर फ्याकेको थियो ।

रामपुर क्षेत्रमा बितरणको मुख्य केन्द्र रहेको रामपुर ५ मटेरीमा बिभिन्न स्थानमा लैजाने धेरै तार भएकाले व्यबस्थित गर्न भन्दै स्थानियले फलामको पोल गाड्न थालेका थिए । सोही क्रममा नाङ्गो तारमा फलामको पोलले छोइएपछि उनीहरुलाई करेन्ट लागेको हो ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ