arrow

पाँचथरमा हिलिहाङ महोत्सव शुरु, यस्ता छन् महोत्सवका कार्यक्रहरु

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७५ वैशाख २५ मंगलबार
hilihang_photo_1.jpg

पाँचथर । “कृषि,उर्जा पर्यटन र ब्यापार समृद्ध हिलिहाङ निर्माणको आधार” भन्ने नाराका साथ पाँचथरको हिलिहाङ गाउँपालिकामा सोमबारबाट हिलिहाङ महोत्सव शुरु भएको छ । महोत्सवको उद्घाटन प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले गर्दै  ऐतिहासिक,धार्मिक र पर्यटकिय संम्भावनाको क्षेत्र बोकेको यस हिलिहाङ दरबार परिषर भित्र गरिएको महोत्सवको सफलताको शुभकामना दिए ।

प्रदेश नम्बर १ मा रहेका धार्मिक,पर्यटकिय,र ऐतिहासिक स्थलाई संरक्षण संर्वद्धन र प्रर्वद्दन गर्न सरकार तयार रहेको बताए  । कार्यक्रममा बोल्दै पाँचथर क्षेत्र नम्बर १ का प्रदेश सांसद गणेश काम्बाङले हिलिहाङ गाउँपालिकाले उदाहरिणय र नमूना कार्य गरेको भन्दै सफलताको शुभकामना ब्यक्त गरे ।

कार्यक्रममा जिल्ला समन्वय समिती पाँचथरका प्रमुख बिमल सापकोटा,नेकपा एमाले पाँचथरका अध्यक्ष राजकुमार भण्डारी,नेपाली काग्रेस पाँचथरका सभापति नरेन्द्र कुमार केरुङ,फिदिम नगरपालिका प्रमुख ओनाहाङ नेम्बाङ्ग,फाल्गुनन्द गाउँपालिका प्रमुख अमर कुमार नेम्बाङ्ग,फालेलुङ गाउँपालिका प्रमुख संच कुमार केरुङ,याङवरक गाउँपालिका प्रमुख लेखनाथ न्यौपाने लगायतले महोत्सवको शुभकामना ब्यक्त गरेका थिए ।

महोत्सव गर्नुको उदेश्य

कार्यक्रमको अध्यक्ष हिलिहाङ गाउँपालिका प्रमुख भुवानी प्रसाद लिङदेनले हिलिहाङ गाउँपालिका भित्र रहेका ऐतिहासिक पर्यटकिय तथा धार्मिक स्थलहरुलाई प्रचार प्रसार गरी प्रर्वद्धन गर्ने उदेश्यले महोत्सवको आयोजना गरिएको बताए । उनले भने,“हिलिहाङ दरबार क्षेत्रलाई आन्तारिक तथा बाह्य पर्यटकीय केन्द्रको रुपमा स्थापित गर्न तथा यस क्षेत्रको पुरातात्विक धरोहरुको संरक्षण,संर्वद्धन र प्रर्वद्धन गर्ने उदेश्यले महोत्सव आयोजना गरेका हौँ ।” यो महोत्सवलाई सफल बनाउन  सम्पूर्ण महानुभावहरुलाई आग्रह समेत गरेका छन् ।

 हिलिहाङ गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत टार्जन लिम्बूले हिलिहाङ गाउँपालिकामा रहेको हिलिहाङ दरबार,भोटेगढी,जोरपोखरी,सानो पाथिभरा,आगेजुङ गुम्बा, र कालापानी क्षेत्रलाई विकाश गरी पाथिभरा जाने तिर्थयात्रीहरुको धार्मिक स्टेशनको रुपमा विकाश गर्ने लक्ष्य राखेर महोत्सवको आयोजना गरिएको बताए । एक दिनको प्याकेज निर्माण गर्ने एक रात हिलिहाङ गाउँपालिकामा बास बस्ने गरिको पूर्वाधारहरुको निर्माण गर्ने,जसका लागि आवश्यक संस्थागत प्रचार प्रसारको काम यहिँ महोत्सवबाट शुरु गरी अबको ५ बर्षमा पाथिभरा तिर्थयात्रीहरुलाई लक्षित गरी एक दिनको प्याकेज हिलिहाङ बनाउने लक्ष्य राखिएको गाउँपालिकाका प्रवक्ता मदन गौतमले बताए ।

महोत्सवमा रहने स्टलहरु

यस्तै त्यस क्षेत्रमा रहेका मनोरम केहि स्थलहरुलाई वनभोजस्थलको रुपमा विकाश गरिनेछ । खेलकुदको लागि सुविधा र साइजयुक्त मैदान तथा होमस्टे निर्माणको पूर्वाधार तय गरिने गाउँपालिकाका योजना प्रमुख देवेन्द्र कटुवालले बताए । महोत्सवमा विभिन्न स्टलहरु राखिएको छ । हिलिहाङले प्रयोग गरेका हात हतियारहरु,तत्कालिन भेषभूषाहरु,स्थानीय उत्पादनहरु चिया,राडी पाखी,ढाका,लोप उन्मुख हस्तकलाका सामाग्रीहरु,कपासबाट उत्पादित सामाग्रीहरु,जडिबुटिहरु,जातिय भेषभूषा र खानाका परिकारहरु,हिलिहाङका ऐतिहासिक र पर्यटकिय क्षेत्रको फोटो प्रर्दशनी लगायतका सामानहरु महोत्सवका स्टलका रुपमा राखिएको छ । हिलिहाङ महोत्सवको पहिलो दिन मुख्यमन्त्री शेरधन राई बाट महोत्सवको समुद्घाटन,हिलिहाङको शालिक अनावरण,दरबार क्षेत्र,स्टल अवलोकन,झाँकी सहित सांस्कृतिक प्रस्तुति गरिएको छ । यस्तै महोत्सवको दोस्रो दिन वैशाख २५ गते नृत्य तथा गायन प्रतियोगिता हुनेछ ।

यस्तै वैशाख २६ गते जोरपोखरी,आगेजुङ,गोपेटार,भोटेगढी,हिलिहाङ दरबार परिसर सम्मको पदयात्रा,राष्ट्रिय तथा स्थानिय कलाकारको प्रस्तुति,वैशाख २७ गते जेष्ठ नागरिक सम्मान,राष्ट्रिय तथा स्थानिय कलाकारको प्रस्तुति,वैशाख २८ गते भलिबल खेलका विजेतालाई प्रमाणपत्र तथा पुरुस्कार प्रायोजकहरुलाई सम्मान तथा मायाको चिनो प्रदान,तथा सांस्कृति कार्यक्रमको आयोजना गरिएको छ । ५ दिन सम्म संचालन हुने महोत्सव आगामी वैशाख २८ गते सकिँदैछ ।

हिलिहाङ दरबारको इतिहास

नेपाल एकीकरणमा गोर्खाली राजा पृथ्वीनारायण शाह र हस्तपुरयकका अन्तिम राजा हिलिहाङ योङहाङका सेना वीच १७ औ पटक सम्म भएको युद्धले कुनै पक्ष वीचको हारजीत नभएपछि राजा हिलिहाङकै सक्रियतामा नेपाल एकीकरणको महान अभियानमा महत्वपूर्ण सम्झौता गरेका थिए । गोर्खाली राजा र हिलिहाङ वीचको सम्झौता अनुसार स्थानिय तहको शासन संचालन हिलिहाङले गर्ने, र गोर्खालाई केन्द्रिय सरकार मान्ने सम्झौता भउको इतिहास छ । पृथ्वीनारायण शाह र हिलिहाङ वीच वि.स.१८१४,१८३१ र १८४२ मा भएको सम्झौताहरुलाई महत्वपूर्ण सम्झौताको रुपमा लिने गरेको किराती इतिहासका इतिहासविद्धहरु बताउँछन् ।

गोर्खाली राजासँग दाजुभाइको सम्वन्ध स्थापना गरेको हिलिहाङ योङहाङको निधनसँगै किरातीहरुको अतुलनीय क्षति भयो । उनको मृत्युसँगै सिक्किमे राजाले किरातहरुलाई आक्रमण गरी किराती भूमिमा कब्जा गर्ने दुशाहस समेत भयो । गोर्खा जस्तो शक्तिशाली सैनिकले १७ पटक सम्म आक्रमण गर्दा पनि पराजित हुन नसकेको किराती शासकहरुको इतिहासमा उल्लेख छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ