arrow

चर्च ब्जाइज कुम्मायक–कुसायक गोल्डकपको फाइनलमा प्रवेश

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७५ वैशाख २५ मंगलबार
goldcup.JPG

पाँचथर । चर्च ब्जाइज पाँचथरको कुम्मायक गाउँपालिका स्थित यासोकमा जारी अन्तर्रा्ष्ट्रिय आमन्त्रण दोस्रो कुम्मायक–कुसायक गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । मंगलवार भएको अन्तिम सेमिफाइलन खेलमा एकता फुटबल क्लब मोरङलाई ४–१ गोल अन्तरले पराजित गर्दै अन्तिम दुईको यात्रा तय गरेको हो । अव उपाधि भिडन्तमा काठमाडौँका दुई क्लब चर्च ब्वाइज र सुन्धारा स्पोर्टिङ क्लबबीच प्रतिस्पर्धा हुने भएको छ ।

एकता क्लबको तुलनामा बलियो देखिएको चर्च ब्वाइजको जितमा निरज बस्नेतले ह्याट्रिक गरे । उनले खेलको १४ औँ, ६२ औँ र ७२ औँ मिनेटमा गोल गरे । अर्काे गोल भने खेलको ३८ औँ मिनेटमा भुवन बस्नेतले गोल गरे । एकता क्लबका लागि खेलको ५४ औँ मिनेटमा सौजन याख्खाले सान्तवना गोल गरे । खेलको म्यान अफ द म्याच चर्च ब्वाइजका निरज बस्नेत घोषित हुँदै नगद ५ हजार प्राप्त गरे ।

यसअघि सोमबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा आयोजक रानिगुफा सेवा समाजलाई ८–० को फराकिलो गोल अन्तरले पराजित गर्दै सुन्धरा स्र्पो्टिङ फाइनल चरणमा प्रवेश गरिसकेको छ । यी दुई क्लबबीचको फाइनल भिडन्त बुधबार हुनेछ ।

भारत र नेपालका आठ टिमको सहभागिता रहेको प्रतियोगिता जिल्लाकै सर्वा्धिक पुरस्कार राशिको प्रतियोगिता हो । प्रतियोगिताको विजेताले ट्रफिसहित नगद ३ लाख ११ हजार एक सय ११ रुपैयाँ र दोस्रो हुने टिमले ट्रफिसहित १ लाख ५५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ