arrow

कुम्मायक–कुसायक गोल्डकपको उपाधि चर्च ब्जाइजको पोल्टामा

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७५ वैशाख २६ बुधबार
kamyak.JPG

पाँचथर । चर्च ब्वाइज क्लव काठमाडौंले पाँचथरको कुमायकमा सम्पन्न अन्तराष्ट्रिय आमन्त्रण दोस्रो कुम्मायक–कुसायक गोल्डकप फुटवल प्रतियोगिताको उपाधि हात पारेको छ । बुधवार भएको फाइनल खेलमा सुन्धरा स्पोटिङ क्लव काठमान्डौँलाई २—१ गोल अन्तरले हराउँदै उपाधि हत्याएको हो ।

 उपाधि सँगै चर्च ब्जाइजले ३ लाख ११ हजार एक सय ११ रुपैँया हात पारेको छ भने उपविजेत बनेको सुन्धराले १ लाख ५५ हजार ५ सय ५५ रुपैयामा चित्त बुझाएको छ ।

 चर्च ब्वाइजलाई जिताउन टिमको तर्फबाट सुनिल खड्काले खेल शुरु भएको १३ औ मिनेटमा र भुवन बस्नेतले ५६ औ मिनेटमा एक एक गोल गरेका थिए । जवाफमा सुन्धराका खमिर गिल्सन कन्दङवाले खेलको २७ औ मिनेटमा सान्तवाना मार्फत एक गोल फर्काएका थिए । आजको खेलमा उत्कृष्ट प्रर्दशन गरेका शुशील राई म्यान अफ दि म्याच घोषित भए ।

यस्तै प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गरेका उदयमान खेलाडी आयोजकका सुर्दशन चेम्जोङ भए भने प्रतियोगिताका उत्कृष्ट खेलाडी सुन्धराका कर्ण लिम्बू भए । यस्तै बेष्ट किपर चर्च ब्जाइजका सूर्य अधिकारी भए भने सुन्धराका विशाल गुरुङ बेष्ट डिफेन्डर भए । चर्च व्वाइजका भुवन बस्नेतले बेष्ट फरवाड पाए भने सुन्धाराका पूजन पुरकोटीले बेष्ट मिडलडर पाए । ८ वटा टिम सहभागि प्रतियोगिता गत वैशाख २० गते बाट शुरु भएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ