- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार कर्णाली प्रदेशको विकासका लागि गम्भीर रहेको बताएका छन् । कर्णाली प्रदेशका मुख्यमन्त्रीलगायत सर्वदलीय जनप्रतिनिधिकातर्फबाट प्रस्तुत ज्ञापनपत्र बुधवार बालुवाटारमा बुझ्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।
मुख्यमन्त्री महेन्द्रबहादुर शाही, संघीय सांसद जनार्दन शर्मा, प्रदेशका अर्थमन्त्री प्रकाश ज्वालालगायतको समूहले प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाएका थिए । ज्ञापनपत्रमा भौतिक पूर्वाधार, हवाई यातायात, सिँचाइ, ऊर्जा तथा विद्युतीकरण, सञ्चार, बस्ती विकास तथा पर्यटन, खानेपानी, शिक्षा, स्वास्थ्य र कृषिलगायतका क्षेत्रमा बजेट विनियोजन गर्न प्रधानमन्त्रीसँग माग गरिएको छ ।
प्रधानमन्त्री ओलीले कर्णालीलाई विकासको मूलधारमा ल्याउन यथाशक्य बजेट विनियोजन गर्ने आश्वासनसमेत दिए । ज्ञापनपत्र प्रस्तुत गरेपछि मुख्यमन्त्री शाहीले सरकारको आगामी नीति तथा कार्यक्रममा कर्णाली प्रदेशको विकासका लागि रणनीतिक महत्व राख्ने सडक र पूर्वाधार निर्माणका लागि विशेष बजेटको व्यवस्था गर्न आग्रह गरिएको सञ्चारकर्मीलाई जानकारी दिए । रासस