arrow

डोटी काँग्रेसमा देउवा पक्षको जीत

logo
केबि सिँह।
प्रकाशित २०७२ माघ २३ शनिबार
sher-bahadur-deuba.jpg.jpeg
डोटी। १३ औं महाधिवेशन प्रतिनिधि चयनका लागि शुक्रवार भइरहेको निर्वाचनको मत परिणाम सार्बजनीक भएको छ । निर्वाचन हुनेहरुमा अधिकांश देउवा पक्षीय नेताहरु बिजयी भएका छन्। क्षेत्र–१ वाट खुलातर्फ ६ जना महाधिबेदन प्रतिनिधि चयन भएका छन । जसमा बीर बहादुर बलायर, भक्त बहादुर बलायर, भरत बाहदुर खड्का, राम प्रसाद उपाध्याय, पुष्प कुमार शाही र नरेन्द्र बहादुर सिँह रहेका छन् । महिला तर्फ प्रसीस महरा र माया देवी कुँवर रहेका छन भने दलीत प्रतिनिधमिा कुमार सिं टेलर आएका छन । जनजाति-आदिबासीमा प्रेमा श्रेष्ठ आएकी छन, भने अल्पसंख्यकबाट मुक्तिनाथ शर्मा निर्वाचित भएका छन । दलीत प्रतिनिधीमा निर्वाचन प्रतिस्पर्धामा आएृकी सभासद् कल्पना सोप भने पराजीत भएकी छिन ।
 
त्यसैगरी क्षेत्र–२ वाट खुलातर्फ ६ जना महाधिबेदन प्रतिनिधि चयन भएका छन । जसमा प्रदिप देउवा, लोकेन्द्र बहादुर शाही, भूमीराज बडु, बीर बहादुर जेठारा, कृष्ण बहादुर चन्द र दिल बहादुर बम रहेका छन् । महिला तर्फ प्रतिमा शाही र मिना बिष्ट रहेका छन भने दलीत प्रतिनिधमिा लाल बहादुर बिक पहिले नै निर्बिरोध निर्वाचित भईसकेका थिए । जनजाति आदिबासीमा तेज बहादुर पुन मगर आएका छन भने अल्पसंख्यकबाट योगेन्द्र सिं माझि (गोपाल) निर्वाचित भएका छन ।
क्षेत्र नं. १ मा भरत बहादुर खड्का र क्षेत्र नं. २ मा दिल बहादुर बम बाहेक सबै देउवा पक्षीय प्यानलका रहेको कांग्रेस श्रोतले जनाएको छ । दुई वटै क्षेत्रका क्षेत्रीय सभापति समेत देउवा प्यानलका बिजयी भएका छन्।
 
उता क्षेत्र–१ को क्षेत्रीय समितिको सभापतिको लागि भएको निर्वाचनमा बिजय खड्का बिजयी भएका छन भने बमवहादुर कठायत पराजीत भएका छन । सचिव र कोषाध्यक्षमा क्रमसः दिर्घराज भट्ट र भरत रावल धामी निर्विरोध निर्वाचित भईसकेका थिए । अन्य सदस्यहरुको समेत पहिले नै टुङ्गो लागि सकेको थियो । त्यसैगरी क्षेत्र–२ को क्षेत्रीय समितिको सभापतिको लागि भएको निर्वाचनमा सिताराम जोशी बिजयी भएका छन भने सोपान सिं वोहरा पराजीत भएका छन । सचिव र कोषाध्यक्षमा क्रमसः बुद्धिसागर बिनाडी र छपेश सिं मल्ल निर्विरोध निर्वाचित भईसकेका थिए । अन्य सदस्यहरुको समेत पहिले नै टुङ्गो लागि सकेको थियो । क्षेत्र–१ मा २ सय ७६ मतदाता मध्य २ सय ७२ मत खसेको थियो भने क्षेत्र–२ मा २ सय ५८ मतदाता मध्य २ सय ५० मत खसेको निर्वाचन समितिले जानकारी दिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ