arrow

मुम्बईले कोलकातालाई १०२ रनले हरायो, दिल्ली खेल्दा के गर्लान् सन्दीप ?

logo
प्रकाशित २०७५ वैशाख २७ बिहिबार
mumbai.JPG

काठमाडौं । भारतमा भइरहेको इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा मुम्बई इन्डियन्सले शानदार जित हात पारेको छ । मुम्बईले कोलकाता नाइटराइडर्सलाई १०२ रन ले हराएको हो । 

कोलकातामा भएको यस खेलमा पहिले ब्याटिङको निम्तो पाएको मुम्बईले निर्धारित २० ओभरमा ६ विकेटको नोक्सानीमा २१० रनको स्कोर खडा गर्यो ।

मुम्बईका लागि इशान किसनले मात्रै २१ बलमा ५ चौका र ६ छक्काको सहयोगले ६२ रन बनाए । त्यस्तै मुम्बईका लागि रोहित शर्मा र सूर्यकुमार यादवले ३६–३६ रनको योगदान दिए । कोलकाताका लागि पियुश चावलाले ३ विकेट लिए  । 

२११ रनको विजयी लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको कोलकाताका कुनै पनि ब्याट्सम्यान जम्न सकेनन् । कोलकाताले १८.१ ओभरमा अलआउट हुँदै १०८ रन मात्र बनाउन सक्यो । क्रिस लिन तथा नितिश राणाले २१–२१ रन बनाउँदा रोबिन उथप्पाले १४ रन बनाए । 

हार्दिक पाण्डेया तथा क्रुणाल पाण्डेयाले उत्कृष्ट बलिङ गर्दै समान २–२ विकेट लिए । यो खेलपछि मुम्बई इन्डियन्स  लिग तालिकाको चौथो स्थानमा पुगेको छ ।

सनराइजर्स हैदराबाद १६ अंकसहित शिर्ष स्थानमा रहेको छ । १४ अंकसहित चेन्नई सुपर किङ्स दोस्रो स्थानमा रहेको छ भने किङ्स इलावेन पञ्जाब १२ अंकसहित तेस्रो स्थानमा रहेको छ । कोलकाता नाइटराइडर्स भने १० अंकबाट रन रेटमा मुम्बईभन्दा तल झरेर पाँचौ स्थानमा रहेको छ । 

दिल्लीले खेल्दैछ सन्दीपले के गर्लान् ?
लिगमा बिहिबार पनि एउटमात्र खेल हुँदैछ । राति ८ः१५ बजे दिल्ली डेयर डेभिल्सले सनराइजर्स हैदराबादसंग दिल्लीमा खेल्दैछ । हैदराबाद १६ अंकका साथ शिर्ष स्थानमा छ भने दिल्ली १० खेलबाट ६ अंकसहित पुछारमा छ । जितले हैदरावादको प्लेअफको शिर्ष दुईमा रहने सम्भावना अझ बढ्ने छ भने हारले दिल्ली औपचारिक रुपले नै प्लेअफबाट बाहिरिने छ । 

दिल्लीले अब मात्र चार खेल खेलिरहँदा सन्दीप लामिछाने खेल्न पाउनेमा दिनानुदिन आशंका बढ्दो छ । सन्दीपले एउटा मात्र खेल खेल्ने बारेमा पनि आशंका छ । तर यो खेलमा पनि पराजित भयो भने दिल्लीले अब हार्न बाँकी केही छैन भन्दै नयाँ खेलाडीहरुलाई अवसर दिने बुझिएको छ । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ