arrow

बजार नबुझ्दा फाइदा लिन सक्दैनन् किसान

logo
प्रकाशित २०७५ वैशाख २७ बिहिबार
vegetables-market.jpg

ललितपुर। बजारको मागअनुसार उत्पादन दिन नसक्दा किसानले तरकारीखेतीबाट पर्याप्त आम्दानी लिन सकेका छैनन्। नेपाल कृषि अनुसन्धान परिसद् (नार्क) अन्तर्गतको तरकारी विकास निर्देशनालयका वरिष्ठ तरकारी विकास अधिकृत खेमराज जोशी अधिकांश किसानलाई बजारको ज्ञान नभएको बताउछन्।

परम्परागत रुपमा खेती गर्दै आएका किसान बजारको मागअनुसारको फलाउने भन्दा पनि आफूसँग जे फलेको छ त्यही बजारमा बिक्रीका लागि लैजाने गर्छन्। उनी भन्छन्, “बजारमा माग नै नभएको कुरा लैजाँदा त्यो बिक्दैन वा कम मूल्यमा बिक्छ।”

तरकारीको माग ठूला शहरमा मात्रै नभएर भर्खरै नगरपालिका बनेका नयाँ शहरमा समेत छ। कुन ठाउँमा कुन तरकारीको आवश्यकता छ त्यही फलाउँदामात्रै किसानले पर्याप्त आम्दानी लिन सक्ने जोशी बताउछन्। उनी भन्छन्, “बजारको आवश्यकताअनुसार फलाउँदा किसानले थोरै समयमा धेरै आम्दानी लिन सक्छन्।”

विदेश बसेर आएका वा नेपालमा नै अध्ययन सकेर व्यावसायिक तरकारी खेतीमा लागेका युवा किसानको संख्या बढ्दै छ। उनीहरुले आधुनिक प्रविधिको प्रयोग गरेर ठूलो लगानीमा धेरै क्षेत्रफलमा तरकारीखेती गरिरहेका छन्। उनी भन्छन्, “हामीले हेर्दा ठूलो क्षेत्रफलमा र प्रविधिको प्रयोग गर्ने किसानले बढी फाइदा लिइरहेका छन्।”

विशेष गरेर काठमाडौँ उपत्यका र त्यस आसपासका जिल्लामा व्यावसायिक तरकारीखेती गर्नेको संख्या बढ्दैगएको छ। रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ