arrow

सन्दीपको दिल्ली बाहिरियो, हैदराबाद प्लेअफमा

logo
प्रकाशित २०७५ वैशाख २८ शुक्रबार
haidarabad.jpg

काठमाडौं । भारतमा भइरहेको इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटको प्लेअफ पुग्ने सम्भावनाबाट दिल्ली डेयर डेभिल्स बाहिरिएको छ । बिहिबार राति घरेलु मैदानमा भएको खेलमा सनराइजर्स हैदराबादमा भएको खेलमा ९ विकेटको लज्जाजनक हारको सामना गर्दै दिल्ली ३ खेलअघि नै औपचारिक रुपमै प्लेअफबाट बाहिरिएको हो । 

११ खेलबाट ६ अंकसहित लिगको पुछारमा रहेको दिल्लीले पहिले ब्याटिङ गर्दै ५ विकेटको नोक्सानीमा १८७ रन बनायो । रिसव पन्तले जारी सिजनको पहिलो उच्च योगफल बनाउने क्रममा ६३ बलमा ७ छक्का र १५ चौकाको मद्धतले नटआउट रहँदै १२८ रन बनाए । 

तर त्यो खेर गयो । हैदराबादले १८.५ ओभरमै १ विकेटको नोक्सानीमा विजयी पायो । शिखर धवनले ५० बलमा नटआउट ९२ तथा कप्तान केन विलियमसनले ५३ बलमा नटआउट ८३ रन बनाए । 

जितपछि ११ खेलबाट १८ अंकको हैदराबाद प्लेअफमा पुग्ने पहिलो टिम बनेको छ । 

दिल्लीले जम्मा तीन खेल खेल्न बाँकी रहँदा हार्न बाँकी कुनै चिज नभएकाले यो अवस्थामा अहिलेसम्म नखेलेका खेलाडीलाई खेलाउने हो भने सन्दीपले पनि अवसर पाउने आशा गर्न सकिन्छ । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ