arrow

जोडियो जनकपुर–अयोध्या सम्बन्ध बस सेवाबाट पनि

logo
प्रकाशित २०७५ वैशाख २८ शुक्रबार
bussewa.JPG

जनकपुरधाम। जनकपुर र भारतको अयोध्याबीचको सम्बन्ध रामायण सर्किटमार्फत जोडिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सर्किटको संयुक्तरुपमा उद्घाटन गरे । जनकपुर सीताको जन्मस्थल र अयोध्या रामको जन्मस्थल हो । 

यसबाट नेपाल भारत सम्बन्ध थप मजबुद भएको छ । पहिलो बसमा ३५ जना रहेका छन् । ५०० किलोमिटर टाढा रहेको जनकपुर–अयोध्या पुग्न २४ घण्टा लाग्ने बताइएको छ । 

शुक्रबार जनकपुरबाट प्रस्थान गरेको बसलाई शनिबार उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले अयोध्यामा स्वागत गर्नेछन् ।

सीता र राम रामायणको प्रमुख पात्र हुन् जसलाई हिन्दूहरुले भगवानको रुपमा पुज्ने गर्दछन् । त्रेता युगमा जनकपुरका राजा जनककी छोरी सीताको बिहे भारत अयोध्याका रामसँग भएको थियो । 

यो बससेवाले थप सम्बन्ध बढ्ने र धार्मिक पर्यटक बढ्ने अनुमान पनि गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ