arrow

पर्यटन मन्त्री अधिकारीले भने,  प्रतिपक्षसंग मिलेर  'समृद्ध देश स्वाभिमानी नेपाली' 

logo
निर्मल खत्री,
प्रकाशित २०७५ वैशाख ३० आइतबार
visit_year_myagdi.JPG

म्याग्दी। म्याग्दी भ्रमण वर्ष २०७५ उद्घाटन कार्यक्रममा म्याग्दी आएका संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रबिन्द्र अधिकारीले प्रतिपक्षमा

संग मिलेर “समृद्ध देश स्वाभिमानी नेपाली ”बनाउन सरकार लागि परेको बताएका छन्।

जनताले बिश्वास गरेर बहुमतका साथ सरकारमा पुर्याएको बाम गठबन्धनले जनताले दिएको बिश्वासलाई पुरा गरी समृद्ध नेपाल खुशी नेपाली बनाउन सरकार लागिसकेको बताए। नयाँ संघियता अनुसार र संबिधान अनुसार संघिय निर्वाचन लगायत नयाँ खाका तयार पारेर बिकासमा लागि परेको अबको केही वर्षमानै सम्पूर्ण नेपालीले बिकासको अनुभुति गराउन सरकार लागेको उनको भनाई छ। बिश्वको सबैभन्दा अग्लो सगरमाथा भएका देशका नागरिकलाई लगाईएको गरिवको ट्ययग अव छिटै हटाउने उद्देश्यका साथ सरकार अगाडी बढेको छ। 

सरकारलाई जनताले बिश्वास समेत गरेको मन्त्री अधिकारीले बताए। सरकारले बेरोजगारलाई रोजगारीको तयारीसंगै बिभिन्न सेक्टरमा लगानी गर्न प्रदेश सरकार स्थानिय सरकार मातहतमा रहेका कर्मचारीहरुलाई सरकारले पठाइको बिकास निर्माण, पूर्वाधार निर्माणमा लगानी गर्ने पठाएको रकम अनियमितता गरेको पाएमा सरकारले कारबाही गर्ने जानकारी समेत गराएको बताउदै  जनताको काम गर्ने पठाएका कर्मचारीले जनतालाई सजिलो हुने गरि काम गर्न आग्रह समेत गरेका छन।

सरकारले अवको तिन वर्षभित्रमा पोखरा बिमानस्थल समेत संचालनमा ल्याउने तयारी गरिहेको बेनी जोमसोम सडकलाई थप बजेट, मुक्तिथानको गुरुयोजना तयार गरि काम सुरुगर्ने उनले बताए। म्याग्दी उद्योग वाणिज्य संघको मूल आयोजना, जिल्लास्थित स्थानीय तहको सहआयोजनामा मनाउन लागिएको भ्रमण वर्षको जिल्लाका पर्यटकीय गन्तव्यहरुको उजागर गरेर पर्यटकलाई आकर्षित गर्न म्याग्दी भ्रमण वर्ष २०७५ मनाउने तयारी गरिएको छ।

म्याग्दी भ्रमण वर्ष २०७५ 
त्यसैगरी पर्यटकीय क्षेत्रको प्रचारप्रसार गरी जिल्लामा पर्यटकहरु बढाउन आयोजना गरिएको म्याग्दी भ्रमण वर्ष–२०७५ को संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रबिन्द्र अधिकारीले उद्घाटन गरि म्याग्दी भ्रमण वर्षको शुभारम्भ गरिएको छ।

म्याग्दी उद्योग वाणिज्य संघको मूल आयोजना , जिल्लास्थित स्थानीय तहको सहआयोजनामा मनाउन लागिएको भ्रमण वर्षको जिल्लाका पर्यटकीय गन्तव्यहरुको उजागर गरेर पर्यटकलाई आकर्षित गर्न म्याग्दी भ्रमण वर्षको तयारी गरिएको हो। उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि अधिकारीले म्याग्दी पर्यटनको लागि प्रदेश ४को मुख्य केन्द्र हुने बताएका छन।  मोटरबाटोले गर्दा बिस्तापित हुन लागेको बताउदै बाह्य पर्यटकलाई धेरै दिन टिकाई राख्नलाई टेर्किङ रुटहरुलाई संचालनमा ल्याउनु पर्ने बताएका छन।

उनले पर्यटनको क्षेत्र माथि लैजानलाई पूर्वाधार पहिलो आवश्यकता रहेको बताउँदै पर्यटकीयस्थलमा आवश्यक पूर्वाधार विस्तार सहितको योजना बनिरहेकाले त्यसमा म्याग्दी जिल्ला सरकारको पहिलो प्राथमिकतामा रहेको बताए। 

आन्तरीक तथा बाह्य गरि करिव २५ प्रतिशत पर्यटकले हरेक जिल्ला भम्रण गर्ने हो भने सरकारले बोलेको ५ वर्षमा १५ लाख पर्यटक भिक्राउने योजना सफल हुने थियो उनले भने ‘पर्यटनको माध्यमबाट गाउँमै नेपालीलाई धनी बनाउन सकिन्छ, त्यसको लागि पुर्वाधार निर्माण र रोजगारीको सिर्जना गर्नु पर्दछ।

केन्द्र, प्रदेश र स्थानीय सरकारले पूर्वाधारमा बजेट विनियोजन गर्ने, स्थानीय र निजी क्षेत्रले प्रचारप्रसार सहित पर्यटकलाई आर्कषित गर्नुपर्ने बताए। नीजी क्षेत्रको सहकार्य विना पर्यटकनको क्षेत्रले फड्को मार्न सम्भावना कम रहेको बताउँदै सरकारले निजी क्षेत्रले लगानी गरेका पर्यटन लगाएतका पूर्वाधार विस्तारमा समेत रचनात्मक सहयोग गरेको बताए। मन्त्री अधिकारीले म्याग्दी भ्रमण बर्षमा सरकारले आर्थिक, भौतिक र नैतिक सहयोग गर्ने प्रतिबद्धता जनाए।

म्याग्दी मुस्ताङ जिल्लाको भम्रणमा आउने पर्यटकलाई पर्यटकिय स्थलसम्म पुग्नको लागि सजिलो होस भनि कालीपुल बसपार्कमा स्थापना गरिएको सुचना केन्द्र पनि उदघाटन गरेका थिए अधिकारीले। सुचना केन्द्र भित्र राखिएका म्याग्दी पर्यटकीय स्थलहरुको तस्वीरहरु अवलोकन समेत गरेका थिए।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकालले सरकारले नीजी क्षेत्रलाई पर्यटनमा लगानी गर्ने बातावरण सिर्जना गर्दिनु पनेमा जोड दिएका थिए।

प्रतिनिधि सभा सदस्य भुपेन्द्र थापाले म्याग्दी जिल्लालाई हिमाली जिल्लामा समाबेश गर्नको लागि पहल थालेको बताउदै आधादर्जन हिमाल भएको जिल्लालाई सरकारले हिमाली जिल्लामा समाबेश गर्ने कुनै चासो नदेखाएको गुनासो ब्यक्त गरेका छन। भ्रमण बर्षका बारेमा मुल संयोजक एवम म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तम कुमार कर्माचार्यले स्वागत र महासचिव लिलाराम गौतमले सञ्चालन गरेका थिए। 

भ्रमण वर्षको उद्घाटनको अवसरमा म्याग्दी जिल्लास्थित विभिन्न ६ ओटा स्थानीय तहले र्याली बिभिन्न जातजाति भाषा,धर्म लगाएतको झाकी सहित बजार परिक्रमा गरिएको थियो भने म्याग्दीमा स्थापना भएको थाली नाथ प्रस्तुती संगै बिभिन्न सास्कृतिक प्रस्तुति पनि प्रस्तुत गरिएको थियो। 

भ्रमण वर्षमा पर्यटकीय गन्तव्यको खोजी गर्ने र जिल्लालाई राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय क्षेत्रमा समेत चिनाउनुका साथै पर्यटक भिक्रायाउने लक्ष्यसहित कार्यक्रम आयोजना गरिएको बताइएको छ।

भ्रमण वर्षमा स्थानीय उत्पादनको बिक्री वितरण र प्रचारप्रसार पनि गरिएको थियो। भ्रमण वर्षमा म्याग्दी जिल्लाका प्रसिद्ध धार्मिक, पर्यटकीय एवं ऐतिहासिक क्षेत्रको प्रचारप्रसार गरी जिल्लामा पर्यटकलाई बस्ने वातावरण निर्माण गरिने म्याग्दी उद्योग वाणिज्य संघका द्वितीय उपाध्यक्ष राजेश शाक्यले बताए। उनका अनुसार भ्रमण वर्ष मनाउने क्रममा जिल्लाका ६ ओटै स्थानीय तहमा रहेका पर्यटकीय क्षेत्रको खोजी गरेर ती क्षेत्रको प्रचारप्रसारमा जोड दिइने भएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ