arrow

एकिकृत सम्पति कर लागु गर्न अनुशिक्षण गोष्ठि

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७५ वैशाख ३० आइतबार
Syangja_District.png

स्याङ्जा। स्याङ्जाको अर्जुनचौपारी गाँउपालिकाले एकिकृत सम्पतिकर लागु गर्न अनुशिक्षण गोष्ठि सम्पन्न गरेको छ। गाँउपालिकाको आन्तरिक आय बृद्धि गर्न २ दिने एकिकृत सम्पतिकर अनुशिक्षण गोष्ठि आयोजना गरेको हो।  बैशाख २७ र २८ मा आयोजना गरिएको एकिकृत सम्पतिकर गाँउपालिकाका कार्यबहाक अध्यक्ष चिनमाया गुरुङ्को अध्यक्षतामा वडाका वडा अध्यक्ष, वडा सचिवहरुको सहभागिता रहेको थियो।

आर्थिक बर्ष २०७५-०७६ बाट लागु हुने गरी सबै वडा अध्यक्ष र वडा सचिवहरुलाई एकिकृत सम्पतिकर सम्वन्धी अनुशिक्षण गरिएको गाँउपालिकाका प्रवक्ता ख्यामनारायण खनालले जानकारी दिए। कानुनी रुपले पनि स्थानीयतहमा एकिकृत सम्पतिकर लागु गर्नेुपर्ने प्रावधान रहेको छ गाँउपालिका कार्यबहाक अध्यक्ष गुरुङ्ले भनीन्,‘गाँउपालिकामा सम्पतीकर लागु गरेसगै आन्तरिक आयमा बृद्धि हुनेछ।’

गाँउपालिकाको आन्तरिक आय बृद्धि भएसगै विकास निर्माणमा सहजता हुने गुरुङ्ले बताईन्। यो अनुशिक्षण नमुना गोष्ठि भएकाले आगामी आर्थिक बर्षदेखि एकिकृत सम्पतीकर लागु गर्न सहजता मिल्ने विश्वास गरिएको छ। गाँउपालिकाले एकिकृत सम्पतीकर लागु गरेपछि करिव २० लाख बार्षिक आम्दानी हुने अनुमान गरिएको छ।

यसै विच गाँउपालिकाले चक्रपथ सफाई केन्द्र घोषणा समेत गरेको छ। पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजना र गाँउपालिकाको संयुक्त आयोजनामा अर्जुनचौपारी बजारलाई चक्रपथ सरसफाई केन्द्र घोषणा गरिएको हो। नमुना गाँउपालिका निर्माण गर्न चक्रपथ सफाई केन्द्रले ठुलो टेवा मिल्ने आशा लिइएको प्रवक्ता खनालले जानकारी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ