राष्ट्रसंघमा भ्रष्टाचारको आरोपमा चिनियाँ अर्बपतिलाई चार वर्षको कैद
प्रकाशित २०७५ वैशाख ३० आइतबार
586
Shares
एजेन्सी। चिनियाँ अर्बपति एनजी लेप्सेङलाई चार वर्षको कैदैको फैसला सुनाइएको छ। राष्ट्रसंघको भ्रष्टाचारको मुद्दामा मुछिएको कारण उनलाई अमेरिकाको संघीय अदालतले चार वर्षको जेल सजाय सुनाएको हो।
मकाउका ६९ वर्षीय व्यवसायी भ्रष्टाचारका मुद्दामा दोषी रहेको सन् २०१७ को जुलाई महिनामा गरिएको पाँच साताको परीक्षणले देखाएको थियो। उनले संयुक्त राष्ट्रसंघको साधारणसभाका अध्यक्ष र पूर्व डेप्युटी राजदूतलाई घुस दिएको खुल्न आएको हो।
उनले छ पटक गरी उनीहरुलाई १३ लाख डलरबराबरको घुस दिएको खुल्न आएको हो। अदालतले चार वर्षको कैदको अवधिमा २५ लाख डलरको जरिवानाको साथै उनले राष्ट्रसंघको कानुनी आम्दानी पनि रोक्ने निर्णय गरेको छ। एनजीले सन् २०१३ मा राष्ट्रसंघको कन्फरेन्स सेन्टर मकाउमा बनाउनका लागि सभाका पूर्व अध्यक्ष जोन एसे र फ्रान्किस लोरेन्जोलाई आफूलाई सहयोग गर्न भन्दै घुस दिएका थिए।
शुक्रबार यो राष्ट्रसंघको लागि अहिलेसम्मकै सबैभन्दा ठुलो भ्रष्टाचारको नतिजा रहेको र आफ्नो निहित स्वार्थ पूरा गर्नको लागि राष्ट्रसंघलाई हतियार बनाउन खोजेको भन्दै उनलाई सो सजाय सुनाइएको हो। अन्य चारजनाले पनि यस मामिलामा दोषी रहेको स्वीकार गरिसकेका छन्। पाँचौं नम्बरमा रहेका एसे पनि सन् २०१५ मा पक्राउ परेका थिए तर उनले सन् २०१६ मा मृत्यु भइसकेको छ।