arrow

म्यान्चेस्टर सिटीको सय, लिभरपुल चौथो, चेल्सीका दिन गए, अरु के भए ?

logo
प्रकाशित २०७५ वैशाख ३० आइतबार
mancity3.jpg

काठमाडौं । इंगलिस प्रिमियर लिग फुटबलको यो सिजनमा च्याम्पियन बनेको म्यान्चेस्टर सिटीले नयाँ कीर्तिमान बनाएको छ । त्यो हो ३८ खेलमा १०० अंक । यो कीर्तिमान तोड्न इंगलिस फुटबलमा असम्भव प्राय नै छ । 

सिजनको अन्तिम खेलमा साउथ ह्याम्पटनमाथि १–० को जितसहित सिटीले १०० अंक बनाएको हो । 

इन्जुरी समयमा गाब्रिअल जिससले गरेको गोलले नै सिटीले जित पाउँदा अंक पनि तेहोरो पुग्यो । 

यता, ब्राइटनलाई ४–० ले हराउँदै लिभरपुल चौथो भयो भने डिफेन्डिङ च्याम्पियन चेल्सी न्यूकासलसंग ३–० ले हार्दा च्याम्पियन्स लिग खेल्न पनि नपाउने भयो । 

अर्थात् चेल्सी पाँचौं स्थानमा रहेर लिग सकाउन वाध्य भयो । ८१ अंकको म्यान्चेस्टर युनाइटेड दोस्रो भयो । अन्तिम खेलमा युनाइटेडले वाटफोर्डलाई १–० ले हरायो । 

टोटनह्यामले लेस्टर सिटीलाई ५–४ ले हराउँदै ७७ अंकसहित तेस्रो भयो । चेल्सी, आर्सनल र बर्नले भने युरोपा लिग खेल्न वाध्य भएका छन् । 

स्वान्सी, स्टोक र वेष्टब्रोम रेलिगेशनमा परे । 

Gabriel Jesus took Manchester City to 100 points with an incredible goal in the last moments of added time

The Brazil striker raced on to a high ball from Kevin De Bruyne, kept his cool and lobbed Southampton's Alex McCarthy 

Jesus was mobbed by the travelling City supporters as his late goal took the club to 100 points for the season 

Southampton defender Wesley Hoedt nearly put his side ahead against City with a glancing header in the opening minutes

Liverpool celebrated Champions League qualification on Sunday as a win over Brighton at Anfield sealed a top-four finish

There was extra cause for celebration as Mohamed Salah cliched the Golden Boot for being the Premier League's top scorer

Liverpool ace Salah scored the opening goal of the game after 26 minutes as he drilled in a shot from inside the penalty area

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ