युभेन्टसले रच्यो इतिहास, जित्यो लगातार सातौं पटक ईटालियन सिरी एको उपाधि

प्रकाशित मिति : २०७५ बैशाख ३१ सोमबार , ३,३४५ पटक हेरिएको
तस्वीर – एजेन्सी

काठमाडौं इटालियन फुटबल क्लव युभेन्टसले इतिहास रच्दै ईटालियन लिग (सिरी ए) को उपाधि जितेको छ । युभेन्टसले लगातार सातौं पटक सिरी ए उपाधि जितेको हो ।

आइतबार राति भएको खेलमा एएस रोमासँग गोलरहित बराबरी खेल्दै युभेन्टसले एक खेलअघि नै उपाधि जितेको हो ।

नेंगोलानले ६८ औं मिनेटमा दोहोरो पहेंलो कार्ड खाएर मैदान छाडेपछि १० जनामा समेटिए पनि घरेलु मैदानमा रोमाले युभेन्टसलाई गोल गर्न भने दिएन । 

सिजनको एक खेलमात्र खेल्न बाँकी रहँदा दोस्रो स्थानको नापोलीभन्दा ४ अंकले अग्रता बनाएसंगै युभेन्टसले उपाधि पक्का गरेको हो । 

३७ खेलबाट युभेन्टसको ९२ अंक छ भने दोस्रो स्थानको नापोलीको ८८ अंक छ ।

सन् २०११–१२ सिजनदेखि युभेन्टसले लगातार लिगमा कब्जा जमाउँदै आएको छ ।

 

The whole Juventus squad gather on the pitch after a point against Roma left the title beyond any doubt with one game to go

Juventus players, including Gianluigi Buffon (right), run off the bench at full-time to celebrate another league titlePaulo Dybala riffled in a goal on the half-volley early in the second-half but was judged to be offside in the 48th minute

 

Nainggolan turns his back and walks away as he knows he's about to receive a red card after a reckless challenge on Dybala

Edin Dzeko jumps for the ball with Daniele Rugani as Roma dominated the first-half but couldn't find an opening

 

नयाँ