ओली सरकारलाई मिनेन्द्र रिजालले भने –राजतन्त्रको अन्त्य भएकै हो तर रुपान्तरण उस्तै छ
प्रकाशित २०७५ वैशाख ३१ सोमबार
494
Shares
काठमाडौं । नेपाली काँग्रेसका नेता एवं सांसद मिनेन्द्र रिजालले नेपालबाट राजतन्त्रको अन्त्य भए पनि रुपान्तरण उस्तै भएको बताएका छन् । सरकारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका क्रममा देखाएको ज्यादतीले सोही संकेट गरेको सांसद रिजालको भनाइ छ ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै रिजालले शान्तिपूर्ण रुपले नाकाबन्दीको चिन्ता जनाउँदा पनि सरकार तानाशाही भएर निस्केको रिजालले बताए । उनले भने, ‘राम्रो लुगामा दुवै देशका प्रधानमन्त्री जानकी मन्दिरमा देखिँदा जनता निकै रनभूल्लमा परेका छन्, एउटा पार्टीले सभ्य तरिकाले नेपालमा स्वागत छ, तर हामीले नाकाबन्दीको पीडा भुलेका छैनौं भन्दा पक्राउ गरेर थुन्नुपर्ने ?’
उनले सरकार संविधान विरोधी गतिविधिमा लागेको समेत आरोप लगाए । सरकार अत्याचारी तरिकाले अगाडि बढेको पनि उनले बताए ।