arrow

इन्डोनेसियाको आक्रमणको राष्ट्रसंघद्वारा भत्र्सना 

logo
प्रकाशित २०७५ वैशाख ३१ सोमबार
united-nations.jpg

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो ग्युटेर्सले इन्डोनेसियामा आइतबार भएको आक्रमणको भत्र्सना गरेका छन् । आइतबार इन्डोनेसियाको सुराबायाका तीन स्थानमा भएको आक्रमणको उनले भत्र्सना गरेका हुन् । 

यो आक्रमणको लागि बालबालिकाको प्रयोग गरिनु निकै दुःखलाग्दो कुरा रहेको बताएका छन् । राष्ट्रसंघका महासचिव ग्युटेर्सका प्रवक्ताले सार्वजनिक गरेको विवरणमा उनले आक्रमणमा परेका मानिसहरुको परिवारप्रति समवेदना व्यक्त गरेका छन् । साथै उनले घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेका हुन् । 

ग्युटेर्सले आगामी दिनमा इन्डोनेसियालाई आतंकवादविरुद्ध लड्नका लागि राष्ट्रसंघले थप सहयोग गर्ने पनि बताएका छन् । आइतबार इन्डोनेसियाको उक्त सहरका तीन चर्चहरुमा आत्मघाती बम आक्रमणहरु भएका थिए । आक्रमणमा परी १३ जना मानिसहरुको ज्यान गएको थियो । यो आक्रमणमा एक परिवारको सबै छ जना मानिसहरुको ज्यान गएको थियो । 

आक्रमणमा परी थप ४१ जना मनिसहरु घाइते भएका छन् ।  मुस्लिम बहुसंख्यक रहेको मुलुकमा अल्पसंख्यक क्रिस्चियनहरुमाथि बेलाबेलामा आक्रमण हुँदै आएको छ । आइतबारको आतंकवादी आक्रमणलाई इन्डोनेसियाका राष्ट्रपतिले आतंकवादी संगठनहरु ‘बर्बरता’ रहेको भन्दै भत्र्सना गरेका छन् । 

इन्डोनेसियाका आंकवादी संगठनहरुको निशानामा क्रिस्चियन अल्पसंख्यकहरु पर्दै आएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ