arrow

कपिलवस्तुको माटोमा क्षरीयपन बढी, उत्पादनको लागी माटोमा समस्या

logo
मणि प्रसाद गैह्रे, 
प्रकाशित २०७५ वैशाख ३१ सोमबार
kapilbastu_district_map.png

कपिलवस्तु। जमिनमा रासायनिक मलको असंतुलित प्रयोगले कपिलवस्तुको कृषि योग्य जमिनको माटो कमजोर बन्दै गएको छ। उत्पादन बढाउने नाममा जथाभावी रासायनिक मल प्रयोग गरिदा यहाँको भूमीको उर्वरा शक्तिमा ह्रास आउदै गएको हो।

क्षेत्रीय माटो प्रयोगशालाको घुम्ती टोलीले कपिलवस्तु नगरपालिकाका बिभिन्न गाउको माटोमा परीक्षण गरिए पछि यस्तो तथ्य बाहिर आएको हो। टोलीले कपिलवस्तु नगरपालिकाकामा ३ दिन सम्म माटो परीक्षण गरेको थियो। एक सय ६ जना कृषकहरुको माटो परिक्षण पछि यहाका माटोमा क्षारीयपन बढी रहेकोले माटोको उर्भरशक्ति कमजोर बनेको नगरपालिका कृषि ईकाईका प्रमुख खुर्सेद अहमद खाले बताए।

नाईट्रोजन, फस्फोरस र पोटासको मात्रा समेत माटोमा कम देखिएकाले यसले उत्पादनमा हा्रसा आउदै गएको खाले बताए। यहाँ यूरिया, डि.ए.पि. लगायतका रासायनिक मलको अत्यधिक प्रयो गर्ने गरिउको छ। रासायनिक मल मनपरी ढंगले प्रयोग गरिएकाले माटोमा रहने बिभिन्न तत्वहरुमा गम्भीर असर परेको कृषि प्राबिधिकहरुको भनाई छ। प्राङ्गारिक मलको साटो अहिले रासायनि मललाई कृषकहरुले अंगालेकाले माटोको सन्तुलनमा नकारात्म असर भएको उनीहरुको ठहर छ। 

बिक्रेताहरुले रासायनिक मललाई केराना सामान झै बजारमा बिक्रीका लागि राख्ने गरेकाले समेत मलमा रहेको तत्वहरु खेर जानेगरेको छ। बोरामा प्याकीङ गरी राखिएका त्यस्ता मललाई बिक्रेताले खुलारुपमा बिक्रि गरीरहेकाले मलमा रहेको बिभिन्न तत्वहरु खेर गईरहेको हो। त्यस्ता मललाई कृषकले आफ्नो खेतमा प्रयोग गरेकोले समेत माटोको उर्वर शक्तिमा खासै बृद्धि हुन नसकको कृषि प्राबिधिक टिका पोख्रेल बताउछन्। जिल्ला कृषि विकास कार्यालय अनुसार यहाँको कूल खेतीयोग्य ८३ हजार जमिनमा बलौटे,दोमट र चिम्टाईलो माटो रहेको छ। यहाँको माटोमा नाईट्रोजन, फस्फोरस, पोटास र प्राङ्गारिक पदार्थ मध्यम देखि कम पाईन्छ।

यस्तो अवस्थामा झनै हचुवाको भरमा रासायनिक मल खेतमा प्रयोग गरिदा माटोमा रहेका ती तत्वहरुको सन्तुलन बिग्रीएर भूमीको उत्पादकत्व क्षमता कमजोर भएको जिल्ला कृषि कार्यालयका प्राबिधिकहरु बताउछन्। ‘ प्राङ्गारिक मलको साटो रासायनिक मलको बढदो प्रयोगले यहाँको भूमी असंतुलित भएको छ।’ कृषि कार्यालयका प्रमुख राकेश ओझाले भने ‘कृषि प्राबिधिकहरुको परामर्श बगैर कृषकहरुले रासायनिक मलको प्रयोग गर्दा माटोमा नकारात्म असर परेको छ।’ 
कपिलवसतुका माटोको अवस्थाप्रति चिन्ता ब्यक्त गदैृ क्षेत्रीय माटो प्रयोगशालाका बरिष्ठ माटो बित्र निसा अहमदले कृषकहरुले माटोको परीक्षण गनर्स पर्नेमा जोड दिए। ‘ माटो परीक्षणले माटोको अवस्था पत्ता लाग्छ’ उनले भने ‘ जसले गर्दा सुधार नर्ग मद्दत मिल्छ’। उनले खेतमा कृषि चुन तथा प्राङगारिक मल प्रयोमगा जोड दिए।

उता जिल्लाका ८५ प्रतिशत कृषकले प्राङगारिक मलको प्रमुख स्रोतको रुपमा रहेको गाईबस्तुको गोबरको गुईठा बनाउने गरेका छन्। ती गुईठालाई यहाँका कृषकहरुले खाने पकाउने उर्जाको रुपमा प्रयोग गर्ने गरेकाले माटोलाई चाहिने आवश्यक तत्व परिपूर्ति हुन नसकी भूमीको उर्वरा शक्ति क्षीण बनेको बताईएको छ। गाईबस्तुको मलमूत्रमा माटोलाई चाहिने बिभिन्न १६ तत्व नै रहने भए पनि गोबरको गुईठा बनाईने तथा परंपरागत तरिकाबाट बनाईएका प्राङ्गनरिक खेतमा हालिनाले समेत माटो स्तरमा खासै सुधार आउन सकेको छैन।

यहाँ वस्तुको मल मुत्र बनाईने मललाई घाँम र पानीबाट नबचाई खुला ठाँउमा राख्ने चलन छ। जस्ले गर्दा सो मलमूत्रमा रहेका तत्वहरु उडेर,चुहिएर तथा बगेर खेर जाने गरेका छन्। त्यो मल माटोमा हालिदा खसै उपलब्धी नहुने कृषि प्राबिधिकहरुले बताए। त्यस्तै खेतबारीमा रहेको झाँरपात र ठुटालाई आँगो लगाई हटाउने चलनले समेत माटोको उर्वराशक्ति घटदै गएको छ। एक बर्षमा एक जोर गाईबस्तुको मलमूत्रबाट ५८ किलो नाईट्रोजन उत्पादन गर्न सकिने प्राबिधिकहरु बताउछन। तर सो मलमूत्रको खाल्टो बनाएर उचित ब्यवस्थापन नगरिदा त्यस्मा रहेका ९० प्रतिशत तत्वहरु चुहावट भई खेर जाने गरेको उनीहरुको भनाई छ। शिक्षा र जनचेतना अभावका कारण कृषकहरुले गाईबस्तुको मलमूत्रबाट लाभ लिन नसकेको जिल्ला कृषि कार्यालयका प्रमुख आझोले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ