arrow

वीमामा आकर्षण बढ्दो, पाल्पामा ७५ हजारले गरे स्वास्थ्य वीमा

logo
रामचन्द्र रायमाझी,
प्रकाशित २०७५ जेठ २ बुधबार
Health_Bima_Photo_3.jpg

पाल्पा । दुई हजार पाँच सय रुपैयाँमा स्वाथ्य विमा गराएका रैनादेवी छहरा गाउँपालिका वडा ३ का मेघनाथ पाण्डेले ५० हजार रुपैयाँको औषधी उपचार पाए  । गत बर्ष स्वास्थ्य विमा गरेका पाण्डेले पाल्पाको लुम्विनी मेडिकल कलेजबाट  १० हजार रुपैयाँको उपचार सेवा पाए पनि थप उपचारका लागि विर अस्पताल काठमाडौ रिफर हुनुपर्‍यो । त्यहाँ पनि पाण्डेले ४० हजार रुपैयाँ बराबरको औषधी उपचारको सेवा लिए । उनी मात्र होइन जिल्लामा १५ महिनाको अवधीमा ७५ हजार व्यक्तिले स्वास्थ्य विमा गराएका छन, भने ६५ हजार व्यक्तिले स्वास्थ्य विमा मार्फत उपचार सेवा लिएका छन ।

 थोरै रकममा धेरै सेवा सुविधा भए पछि अधिकांस व्यक्तिहरु स्वास्थ्य विमा तर्फ आकर्षित भएका छन् ।  २०७३ साल पुस ११ बाट स्वास्थय विमा लागु पनि हालसम्म जिल्लामा १७ हजार घरपरिवारले विमा गराएका छन ।  स्वास्थ्य विमा मार्फत २ हजार ५ सय रुपैयाँमा, परिवारका ५ जना सदस्य सम्मको लागि ५० हजार रुपैयाँ बराबरको स्वास्थय सेवा लिने व्यवस्था गरिएको छ । पाल्पा जिल्लामा सरकारी अस्पताल संगै निजी अस्पतालहरुले समेत स्वास्थ्य विमा उपचार  सञ्चालन गर्दै आएका छन । स्वास्थय विमा गरेका व्यक्तिहरुले रोजेको अस्पतालमा उपचार गर्ने व्यवस्था रहेकोले पनि विमा गर्नेहरुको आर्कषण बढ्दै गएको हो ।

 विमा गरेका व्यक्तिहरुले सरकारी अस्पतालअन्तरर्गत लुम्विनी अञ्चल अस्पताल, बुटवल, जिल्ला अस्पताल, रामपुर अस्पताल, ताहु प्राथमिक केन्द्र, खस्यौली प्राथमिक केन्द्र, र निजी अन्तरर्गत लुम्विनी मेडिकल कलेज, युनाईटेड मिशन अस्पताल, लायन्स लाकौल आखाँ अस्पतालमा उपचारको व्यवस्था गरिएको छ । पछिल्लो समय विमा स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन एम.आर.आइ., सिटिस्क्यान, भिडियो एक्सेरे लगायतका सबै प्रकारका अपरेशन, चिरफार, प्वाल पारेर गर्ने अप्रेशनको साथै १ हजार १ सय १८ प्रकारका औषधीको सुविधा बृद्धि गरिएको स्वास्थ्य विमा बोर्ड ५ नम्वर प्रदेशका संयोजक मनोज पौडेलले बताए ।  

जिल्लामा विमाको संख्या र उपचार दुवैमा अत्यन्तै राम्रो देखिएको उनले बताए । स्वास्थ्य विमा मार्फत ४ करोड रुपैयाँ संकलन भएको र उपचारमा ३ करोड ५० लाख रुपैयाँ खर्च भएको छ । स्वास्थ्य विमा मार्फत गरेको उपचारको सम्पुर्ण विवरणरु केन्द्रमा खटिएका चिकित्सहरुबाट नियमित चेकजाचँ हुदै आएकोले सरकारी संस्थाबाट दिदै आएको सेवामा सुधार आएको, निशुल्क औषधीको लागि राज्यबाट करोडौ रकम बचत भएको, उपचार सेवामा प्रतिष्पर्धा बढाई गुणस्तरीय उपचार बढ्दै गएको संयोजक पौडेलले बताए ।

स्वास्थ विमा बोर्डले गरेको सर्भेक्षण अनुसार विमा गराउने उत्कृष्ट दश स्वयमसेवी मध्ये  पाल्पा जिल्लाबाट उत्कृष्ट आठ स्वयमसेवी परेका छन । देशभरीबाट उत्कृष्ट विमा स्वयसेवी सावित्रा अधिकारी  ९ सय १४ घरपरिवारमा, दुर्गा रानाले ७ सय ६४  विद्या बस्यालले ६ सय ९६ ,कमला ढकालले ६ सय ५३, भुना देवी बस्यालले ६ सय ४७, कल्पना रावलले ५ सय ९५, रिता भट्टराईले ५ सय ९४ र  शोभा अर्यालले ५ सय ८७ परिवारमा विमा गराएर उत्कृष्ठ दश विमा स्वयमसेवीमा परेका छन् ।  पाल्पामा मात्र ८३ जना विमा स्वयमसेवी गाउँ गाउँमा खटिएका छन ।

जिल्लामा विमा गराएका व्यक्तिहरुको उपचार तथ्याङ्क हेर्दा प्रेशर, पेटको समस्या,  ग्यास्टिक  डाईभिटिज, मुटु क्यान्सर जस्ता नसर्ने रोगका विरामी उपचारको लागि पुग्ने गरेका छन । सवैभन्दा लुम्विनी मेडिकल कलेज प्रभास तानसेनमा स्वास्थ्य विमा गरेका विरामीले उपचार गरेका छन । २०७५ चैत्र सम्म ३५ देखी ४० हजार घरपरिवारका १ लाख ५० हजार व्यक्तिहरुमा स्वास्थ्य विमा गराउने योजनाका साथ विमा स्वयमसेवीहरु कार्यस्थलमा खटिएको ५ नंं प्रदेशका संयोजक पौडेलले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ