arrow

महिला अधिकार , कार्यान्वयन स्थानीय तहबाटै : उपसभामुख शर्मा

logo
प्रकाशित २०७५ जेठ २ बुधबार
MAHILA.JPG

पोखरा ।  प्रदेश नं ४ का उपसभामुख सृजना शर्माले महिला अधिकार कार्यन्वयनको शुरुवात स्थानीय तह बाटै हुनु पर्नेमा जोड दिएकि छन् । उनले  संबिधानले ब्यबस्था गरेका हक अधिकारको ब्यबाहारिक कार्यन्वयनको लागि स्थानीय तहका महिला अग्रसर  भएर लाग्नू पर्ने सूझाब समेत दिइन् ।

अन्नपूर्ण गाउँपालिका कास्कीको  आयोजनामा भएको महिलाका लागि क्षमता बिकास तथा उद्घोषण तालिमको उद्घाट्न गर्दे उनले  सो कूरा बताएकि हुन् ।  स्थानीय सरकार बलियो भए मात्र प्रदेश र संघिय सरकार बलियो हूने भन्दै उनले स्थानीय तहमा कर्मचारी र जनप्रतिनिधि मिलेर काम गर्नू पर्ने बताइन् ।

तीन दिन सम्म चल्ने तालिम लाइ क्रियाशिल पत्रकार महिला (डब्लू डब्लू जे  कास्की का अध्यक्ष सरिता तिम्सिना पगेनी , वानका महासचिब दूर्गा अधिकारी , पत्रकार ,प्रकाश ढकाल ,शूसाशनका लागि नागरिक समाज पोखराका कार्यक्रम अधिकृत भानू पराजूली, ले सहजिकरण गर्ने कार्यक्रम संयोजक सगून गूरुङ ले जानकारी दिइन ।

तलिममा नेतृत्व बिकास,उद्घोषण कला, प्रस्तावना लेखन,प्रतिबेदन लेखन लगाएतका बिषयमा सहजीकरण हूने   गाउँपालिकाका अध्यक्ष यूबराज कूवँरले जानकारी दिए । गाउँपालिकाका उपाध्यक्ष सगून गूरुङ को अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यपालिका सदस्य गंगा कूवँर ले स्वागत तथा संचालन नासू तोयानाथ तिमिल्सिनाले गरेका थिए ।तालिममा अन्नपूर्ण गाँउपालिकाका  जनप्रतिनिधि तथा बिभिन्न संघ संस्थामा आबद्ध ५५ जना  महिलाहरुको सहभागिता रहेको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ