arrow

चार वर्षदेखि हुन नसकेको ए डिभिजन लिग फुटबलको मिति तोकियो

नयाँ कार्यसमितिले काम गर्ने लक्षण ल्यायो 

logo
प्रकाशित २०७५ जेठ २ बुधबार
anfa-league.jpg

काठमाडौं । कर्माछिरिङ शेर्पा नेतृत्वको अखिल नेपाल फुटबल संघ एन्फाको नयाँ नेतृत्वले काम गरेर देखाउने लक्षण ल्याएको छ । एन्फाले चार वर्षदेखि हुन नसकेको शहीद स्मारक ए डिभिजन लिग फुटबल गर्न मिति तोकेको छ ।

एन्फाले आगामी असोज १३ गतेदेखि माघ १६ गतेसम्म लिग सञ्चालन गर्ने जानकारी गराएको छ । गणेश थापाको पालादेखि रोकिएको लिग त्यसपछिको कार्यसमितिले समेत गर्न सकेको थिएन । 

एन्फाको लिग कमिटीका अध्यक्ष विज्ञानराज शर्माले क्लबहरुसँग छलफलपछि लिगको मिति तोक्न सफल भएका हुन् । लिगमा थ्री स्टार, मनाङ, पुलिस, सशस्त्र, आर्मी, जावलाखेल, फ्रेण्डस्, संकटा, मच्छिन्द्र, सरस्वती, च्यासल, एनआरटी, हिमालयन शेर्पा र ब्रिगेड ब्वाइज गरी १४ टोली सहभागी हुनेछन् । 

समितिले खेलको मिति सार्वजनिक गरे पनि पुरस्कार र लिगको सिस्टम सार्वजनिक गर्न सकेको छैन । एक क्लबले कम्तिमा १८ र बढीमा ३५ खेलाडी टिममा राख्न पाउने छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ