arrow

ल्यापटप स्लो भइरहेको छ ? यस्तो उपायहरु अपनाउनुस्

logo
प्रकाशित २०७५ जेठ ३ बिहिबार
laptop.jpg

काठमाडौं । अहिले धेरैजसो मानिसहरु ल्यापटपको प्रयोग गर्ने गर्छन् । ल्यापटपले मानिसहरुको काममा धेरै सहयोग पनि गरेको छ तर कहिलेकाँही मानिसहरु ल्यापटप निकै स्लो हुने गरेको कारण समस्यामा पर्ने गरेका छन् । यतिमात्र होइन, एकपटक ल्यापटपको स्पिड बढाएपछि केही महिनामा यसको स्पिड पुनः स्लो हुन जान्छ, यस्तोमा निम्न उपायहरु अपनाएको खण्डम यो समस्या केही मात्रमा समाधान पनि हुन सक्छ ।
 
१. विन्डोज अपडेट इन्स्टल गर्नुहोस्
माइक्रोसफ्ट कम्पनीले बेलाबेलामा आफ्नो विन्डोज आईओएसका लागि अपडेट्सहरु सार्वजनिक गरिरहेको हुन्छ । धेरैजसो प्रयोगकर्ताहरु यसलाई वेवास्ता गर्ने गर्छन्, किनकी यसको साइन निकै ठुलो हुने गरेको छ तर यो राम्रो बानी भने होइन । यस किसिमको अपडेटले ल्यापटपलाई महत्वपूर्ण सेक्युरिटीका साथै राम्रो पर्फमेन्स पनि दिने गर्छ । यदि ल्यापटप स्लो हुँदै गइरहेको छ भने यस विषयमा ध्यान दिनु आवश्यक हुन्छ ।

२. हार्ड ड्राइभ क्लिन गर्नु
ल्यापटप स्लो हुनुको अर्को महत्वपूर्ण कारण भनेको ल्यापटपमा रहेको अनावश्यक विवरणहरुले इन्टर्नल स्टोरेज भरिनु हो । कहिलेकाँही मानिसहरुले डाटाहरु कपी गरेर वा अनावश्यक एपहरु डाउनलोड गर्ने गर्छन् जसको कारण ल्यापटप स्लो हुन पुग्छ । यस किसिमका फाइलहरु खोज्नका लागि पनि विभिन्न किसिमका एपहरु उपलब्ध रहेका छन् । जसमध्ये आफूलाई सुहाउँदो किसिमको एप डाउनलोड गरी सबै अनावश्यक डाटाहरु हटाउन सकिन्छ ।

३. ल्यापटपको बाहिरी सफाइमा पनि ध्यान दिनु
इन्टर्नल ड्राइभको सफाइसँगै ल्यापटपको बाहिरी पार्टस्हरुको विषयमा पनि ध्यान दिनु जरुरी हुन्छ । यसको लागि आधिकारिक सर्भिस सेन्टरको सहयोग लिन सकिन्छ भने सबै सामग्रीहरु भएको खण्डमा भने घरमै पनि आफ्नो ल्यापटपलाई सफा गर्न सकिन्छ । यसरी सफा गर्नको लागि आवश्यक पर्ने सामग्रीहरु बजारमा प्रशस्त पाइन्छ । यसबाट ल्यापटपको कुनाहरुमा जमेको धुलो निकाल्न सकिन्छ । यस किसिमका धुलोको कारण एयर सर्कुलसनमा अवरोध पुग्छ जसको कारण ल्यापटप तातो हुन पुग्छ । जसको कारण ल्यापटप स्लो हुन्छ ।

४. सुरक्षामा ध्यान दिनु
ल्यापटप सुरक्षित राख्नका लागि निःशुल्क पाइने एन्टि भाइरसहरुको प्रयोग गर्नु गलत होइन तर यसमा सबै किसिमको सेक्युरिटी फिचर्स नहुन पनि सक्छ । त्यसैले आफ्नो ल्यापटपको सुरक्षाको लागि एन्टि भाइरसमा केही रकम खर्च गर्नु राम्रो हुन्छ । यस किसिमको एन्टि भाइरस खरिद गर्नाले ल्यापटप थप सुरक्षित हुनसक्छ ।

५. अन्तिम उपाय ‘रिसेट’ गर्नु
ल्यापटप निकै स्लो भएको अवस्थामा अन्तिम उपाय भनेको ल्यापटप रिसेट गर्नु नै हो । रिसेट गर्नाले ल्यापटपमा भएका सबै विवरणहरु हट्छन् । यसपछि ल्यापटप पहिलोपटक प्रयोग गर्न लागेको अवस्थामा पुग्छ । यसमा रहेका वायरलेस÷मालवेयरहरु सबै हट्छन् । यद्यपि रिसेटमा केही घण्टाको समय पनि लाग्न सक्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ