arrow

हेलिकप्टर चार्टर गरि बिद्यालय भवन उद्घाटनमा जापानिज

logo
सीता डोटेल,
प्रकाशित २०७५ जेठ ३ बिहिबार
japness.jpg

पाल्पा । रामपुर नगरपालिका वडा नम्बर ४ मा रहेको कालिका आधारभूत विद्यालयको नवनिर्मित भवनको हेलिकप्टर चार्टर गरि आएका जापानिज नागरिकले उद्घाटन गरेका छन् । जापानिज नागरिक हिडेयोकी सुजुकी र उनको परिवारको मुख्य आर्थिक सहयोग सहित ‘ड्रिम्स कम ट्रिउ’ नामक संस्थाको सहयोगमा निर्माण भएको ४ कोठे पक्की भवनको उद्घाटन गर्न सुजुकी परिवार र संस्थाका प्रतिनिधि बुधबार पोखराबाट सिम्रिक एयरको हेलिकप्टरमा आएर फर्किएका हुन् । संयुक्त रुपमा रिवन काटेर भवनको उद्घाटन गर्दै हिडेयोकी सुजुकीले नेपाल र जापान विचको सम्बन्ध सदियौदेखि रहेको बताए । जान्न, बुझ्न र राम्रो मार्गमा लाग्न शिक्षाले नै मार्गनिर्देश गर्छ उनले भने ।  शिक्षाले नै संसार बुझे उनले भने– मानिसमा सहयोगको भावना हुन्छ नै शिक्षाको सहयोग अपरिहार्य छ ।

 रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले शिक्षा दिन नभइनहुुने अङ्ग भवन भएको बताए । थापाले नगरमा जापान र जापानीजले लामो समयदेखि सहयोग गरिरहेको र यसबाट धेरैले सिक्ने ठाउँ रहेको भन्दै शिक्षाको लागि नगरपालिकाका सहकार्यमा रहेको बताए । वडा नं. ४ का वडाअध्यक्ष एक बहादुर नेपालीले भवनको अभाव महशुस भएको बिद्यालयमा विदेशि नागरिकले देखाएको चासोको खुलेर प्रशंसा गरे ।

कक्षाकोठाको अभाबमा कच्ची भवनको साँघुरो कोठामा पढ्दै आएका बिद्यार्थीलाई मध्यनजर गर्दै दुई तले चार कोठे पक्की भवन निर्माणका लागि जापानी नागरिक सुजुकीले सहयोग गरेका हुन् । सुजुकीको २४ लाख, रामपुर नगरपालिकाको ४ लाख ५० हजार र वडा नं ४ को ५० हजार आर्थिक सहयोग र अन्य अभिभावकको सहयोग गरि ३२ लाखको लागतमा भवन निर्माण भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बसन्तराम ठाडाले बताए ।

    सोही अबसरमा बिद्यालयले जापानीज संस्था, सहयोगदाता सुजुकी, जापानीज समाजसेवी काजुमासा काकीमी (ओकेबाजे) लगायतका पाहुना, सहयोगीदाता संघसंस्थालाई सम्मान गरेको थियो । सोही अबसर पारेर जापानका विभिन्न व्यक्तिहरु बाट प्राप्त शैक्षिक सामग्री काजुमासा काकिमी ओकेबाजेले विद्यालयलाई प्रदान गरे ।

 विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बसन्तराम ठाडाको अध्यक्षतामा चलेको कार्यक्रम प्रधानाध्यापक कृष्णप्रसाद पंगेनीको स्वागत, शिक्षक अभिभावक संघका  अध्यक्ष टेकबहादुर नेपालीको धन्यवाद ज्ञापन र शिक्षक रामबहादुर रानाको सञ्चालनमा चलेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ