arrow

प्रहरी प्रशासन र ब्यवसायिको समन्वयमा बुटवलमा रात्रीकालिन गस्ति हुने

प्रशासनलाई दवाव दिन राखिने भनिएको कालोझण्डा कार्यक्रम स्थगन

logo
प्रदीप आचार्य,
प्रकाशित २०७५ जेठ ३ बिहिबार
butwal.jpg

बुटवल । बुटवल क्षेत्रमा रहेका मोवाइल पसलमा भएको श्रृंखलाबद्ध चोरीलाई रोक्नका लागि प्रहरीप्रशासन र ब्यवासायिबीचको  समन्वयमा बुटवलक्षेत्रमा सुरक्षा गस्ति हुने भएको छ । आगामि दिनमा मोवाईल पसलमा हुने गरेका चोरीका घटना दोहोरिन नदिन र चोरीकार्यमा संलग्नलाई नियन्त्रणमा लिन सजिलोका  लागि प्रहरीप्रशासन र मोवाईल ब्यवसायि विचमा रात्रि गस्ति हुने भएको हो ।


मोवाईल पसलमा भएको श्रृंखलाबद्ध चोरी र चोरीकार्यमा संलग्न पक्राउ नपर्ने र घटना दोहोरिन थालेसँगै बुटवल उद्योग बाणिज्य संघ, बस्तुगत मोवाईल समिति र ईलाका प्रहरी कार्यालय बुटवलको बिहीबार बसेको संयुक्त बैठकले बुटवल क्षेत्रमा हुने चोरीकार्य नियन्त्रण गर्ने आन्तरिक सुरक्षानीतिलाई पनि अगाडि बढाएको छ । यसअघि चोरी भएका मोवाईल पसल, मोवाईल सेट र आगामि दिनमा चोरी हुन सक्ने सम्भावित गतिविधिलाई ब्यवसायि र प्रहरी प्रशासन मिलि सुल्झाउने सहमति समेत भएको छ ।

सहमतिसँगै प्रहरी प्रशासनलाई  दवाब दिन ब्यवसायिले आफ्ना पसल अगाडि राख्ने भनेको कालो झण्डाको कार्यक्रम हालका लागि स्थगन गरेका छन् । कार्र्यक्रममा बुटवल उद्योग संघका अध्यक्ष खिमबहादुर हमालले  महिनै पिच्छे हुने चोरी कार्यलाई रोक्न र संलग्नलाई पक्राउ गर्ने ब्यवसायिकको सहयोग ठुलो रहने उल्लेख गर्दै विनाबर्दीका प्रहरी ब्यवसायिले कुनै ब्यक्ति पसलमा आउन आशंका लागेमा बर्दीवाला प्रहरीलाई खवर गरि सहयोग गर्न आग्रह गरे । उनले बुटवल क्षेत्रमा हुने जस्तासुकै अपराधिक कृयाकलापलाई निरुत्साहीत गर्न प्रहरी प्रशासनको सहयोग गर्न कसर बाँकी नराख्ने बताए ।

ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख केशव भट्टराईले मोवाईल पसल मात्र होईन बुटवल क्षेत्रमा हुने जस्तासुकै चोरी कार्यमा संलग्नको खोजि र पक्राउका लागि प्रहरी दिनरात सक्रिय रहेको बताए । उनले भने – ‘मोवाईल चोरीको केशमा हामी संवेदनशिल छौं,हामीसँगै अव ब्यवसायि पनि सुरक्षित र चनाखो हुनु पर्छ, ब्यवसायि सचेत रहे यस्ता घटना धेरै कम हुने छन् । सटर अगाडि चेन्नलगेट लगाउने, पसल अगाडि लाईट जलाई राख्ने गर्नु पर्छ ’
कार्यक्रममा बुटवल उद्योग बाणिज्य संघका उपाध्यक्ष हरिप्रसाद अर्याल, बस्तुगत मोवाईल समितिका सभापति बिष्णु ज्ञवाली, वडा प्रहरी कार्यालय रामनगरका प्रमुख प्रहरी निरीक्षक अमरबहादुर थापा, ब्यवसायि शुक्रप्रसाद बस्याल, शिवदेव अर्याल, लक्ष्मण खड्का लगायतले मोवाईल पसलमा भएको चारीले सुरक्षा चुनौती बढाएको बताए ।

बितेको एक महिनाको अवधिमा तीनवटा मोवाईल पसलमा चोरी भएको छ भने पछिल्लो पाँच वर्षमा दशबढी मोवाईल पसलमा भएको चोरीले झण्डै दुई करोडको नोक्सानी ब्यवसायिले ब्यहोर्नु परेको छ । यसैबिच जिल्ला प्रहरी कार्यालयले आफू मातहतका अधिकारिलाई पछिल्लो घटनाक्रमलाई निरुत्साहित गर्न निर्देशन दिएको पनि बिझिएको छ । बुटवल क्षेत्रमा देखिएको रात्रीकालिन सुरक्षा चुनौतिलाई मध्यनजर गर्दै बुटवलमा रहेका सीसीटिभी क्यामरालाई मर्मत तथा थप गर्ने र सम्भव भएमा बुटवल क्षेत्रमा ५० बढी नाईटभिजन क्यामरा राख्ने विषयमा अध्ययन भई रहेको बुटवल उद्योग बाणिज्य संघलेजनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ