- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा, सिमानामा काँडेतार अभियान र राष्ट्र निर्माण शक्ति नामक तीन संगठनको संयुक्त आयोजनामा बिहिवार दिउँसो भारतीय राजदूतावास अगाडी भारत विरोधी प्रदर्शन भएको छ ।
भारतको लोक सभाका सदस्य कीर्ति आजादले कहिले नेपालको तराईका १५ जिल्ला भारतमा मिलाउनु पर्छ भन्ने र कहिले जनकपुर तत्काल भारतमा एकीकृत गर्नुपर्छ भनी दिएको अभिव्यक्ति विरुद्ध तीन संगठनले विरोध प्रदर्शन गर्दै आजादका नाममा भारतीय राजदूतावासमार्फत एक चेतावनी पत्र पठाएका छन् ।
दूतावासमा र्कीति आजादलाई लेखेको पत्र बुझाएपछि बोल्दै ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष फणीन्द्र नेपालले भने ‘‘भारतीय सांसद कीर्ति आजादले नेपाल र बेलायत बिच सन् १८१६ डिसेम्बर ११ र सन् १८६० नोभेम्बर १ तारेखमा भएको सन्धि अनुसार बेलायतले नेपाललाई पहिले नेपालकै भएको जमिन फिर्ता गरेको प्रमाण हुँदा हुँदै झुठ्ठा कुरा गरेर भ्रम फैलाउन खोजेको हुँदा आजादलाई चेतावनी पत्र पठाउन हामी बाध्य भएका हौं ।’’