arrow

आइपीएल समीकरण रोचक, बैंगलोर पनि प्लेअफको लाइनमा, चेन्नई विरुद्ध के गर्लान् सन्दीप लामिछाने ? 

logo
प्रकाशित २०७५ जेठ ४ शुक्रबार
banglore.jpg

काठमाडौं । भारतमा भइरहेको आइपीएल क्रिकेटको प्लेअफ समीकरण रोचक मोडमा पुगेको छ । बिहिबार राति रोयल च्यालेन्जर्स बैंगलोरले शिर्ष स्थानको सनराईजर्स हैदरावादलाई १४ रनले पराजित गरेपछि प्लेअफ समीकरण थप खुल्ला भएको छ । 

घरेलु मैदानमा बैंगलोरले पहिले ब्याटिङ गर्दै ६ विकेटको नोक्सानीमा २१८ रन बनायो । एबीडे भिलियर्सले ६९ रन, मोइन अलीले ६५, ग्राण्डहोमले ४० रन जोडे । 

रसिद खानले ३ विकेट लिए । 

जवाफमा हैदरावादले ३ विकेटको नोक्सानीमा २०४ रन मात्रै जोड्न सक्यो । कप्तान केन विलियम्सनले ८१ तथा मनिस पाण्डेले ६५ रन जोडे पनि टोलीलाई जिताउन सकेनन् ।

यो खेलपछि बेंग्लोरले १३ खेलबाट १२ अंक जोडेको छ । १८ अंकको हैदरावाद र १६ अंकको चेन्नाई सुपर किङ्स प्ले अफमा पुगिसकेका छन् ।

तेस्रो स्थानको कोलकाता नाईट राईडर्सको १४ अंक छ भने मुम्बई इन्डियन्स, बैंग्लोर, राजस्थान रोयल्स र किङ्स ईलेभेन पञ्जावको समान १२–१२ अंक छ ।

पुछारको दिल्ली डेयर डेभिल्स बाहेक प्लेअफका लागि पुग्न बाँकी सबै टिमको अवसर उत्तिकै रहेको छ । अन्तिम चरणका खेलबाटै छिनोफानो हुनेछ 

आइपीएलमा शुक्रबारको खेल

आइपीएल क्रिकेटमा शुक्रबार सन्दीप लामिछाने सम्मिलित दिल्ली र चन्नईबीच भिडन्त हुँदैछ । 

दिल्ली पुछारमा रहेकाले जितहारले कुनै फरक पार्दैन । चेन्नई पनि प्लेअफमा पुगेको अवस्थामा जितले शिर्ष दुईमा रहेर सिधै क्वालिफायर खेल्न मद्धत गर्नेछ भने हारले त्यो स्थान रहन्छ भन्ने ग्यारेन्टी हुँदैन । 

दिल्लीबाट नेपाली खेलाडी सन्दीप लामिछानेले कस्तो प्रदर्शन गर्लान् भन्ने चासो थप बढेको छ । 

सन्दीप वेष्ट इन्डिज विरुद्धको च्यारिटी म्याचमा विश्व ११ टिममा परेपछि उनको मोल पनि बढेको छ । 

आइपीएलको डेब्युमा बैंगलोरको एक विकेट लिएका सन्दीपले चेन्नई विरुद्ध पनि विकेट लिए भने लाइटमा आउने छन् ।  

 

​​​​​​​



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ