arrow

लम्कीचुहा उद्योगबाणिज्य संघको चुनाव स्थगित

logo
देवानन्द न्यौपाने,
प्रकाशित २०७५ जेठ ४ शुक्रबार
kailali-district.png

कैलाली ।  यहि जेठ ६ गते हुन लागेको लम्कीचुहा उद्योगबाणिज्य संघको चुनाव स्थगित भएको छ । उच्च अदालत दिपायलले लम्कीचुहा उद्योग बाण्ज्यि संघ निर्बाचन समितिको नाममा शुक्रवार  अन्तरीम आदेश जारि गदै अर्को आदेश नआउदा सम्म निर्बाचन नगर्न - नगराउन आदेश दिएको हो ।

निर्बतमान संघको उपाध्यक्ष रहि हाल अध्यक्ष पदका उम्मेदावार शुशिला शाहीले अर्को अध्यक्ष पदका उम्मेदावार चुडामणि भण्डारी अध्यक्ष पदको लागी अयोग्य रहेको भन्दै उच्च अदालतमा रिट निवेदन पेश गरेका थिए । सोही रिट निवेदनमा माथि आज प्रारम्भीक सुनुवाइृ गर्दे उच्च अदालत दिपायलले निर्वाचन स्थगीत गर्न आदेश दिएको हो ।

साथै अदालतले निवेदकको माग वमोजिम आदेश जारी गर्नु नपर्ने कुनै कारण भए १५ दिन भित्र उच्च सरकारी वकील कार्यालय दिपायल तथा जिल्ला प्रशाशन कार्यालय कैलालीमा लिखित जवाफ पेश गर्न आदेश दिएको छ । साथै १५ दिन भित्र विपक्षीले लिखित जवाफ पेश नगरेमा मद्दा कानुन वमोजिम अघि वढ्ने र कुनै उजुर र वाजुर नलाग्ने आदेशमा उल्लेख गरीएको छ ।

निवेदकले लम्की चुहा उद्योग वाणिज्य संघको निर्वाचनमा अध्यक्ष हुन योग्यता नपुगेको व्यक्ती निर्वाचनमा भाग लिएकोले स्वच्छ निर्वाचनमा भाग लिन पाउने अधिकारमा हहन भएको भन्दै अदालतमा रिट दायर गरिएको थियो । अदालतको यो आदेश संगै अव लम्की चुहा उद्योग वाणिज्य संघको जेठ ६ गते हुने भनिएको निर्वाचन अनिश्चीत भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ