arrow

विमान दुर्घटनामा १३ लाखको खाद्यान्न नष्ट

logo
प्रकाशित २०७५ जेठ ४ शुक्रबार
makalu-accident.jpg

हुम्ला । यही जेठ २ गते सुर्खेतबाट सिमिकोट आउँदै गरेको कार्गो विमान दुर्घटना हुँदा स्थानीय व्यापारी गीता खड्काको  १३ लाख बराबरको खाद्यान्न नष्ट भएको छ । जहाजमा व्यापारी खड्काको चाउचाउ, धूलो दूध, पेय पदार्थ लगायत खाद्य सामग्री रहेको उनले जानकारी दिइन् ।  

सुर्खेतबाट हुम्लाका लागि खाद्यान्न लिएर आएको मकालु एयरको उक्त जहाज हुम्लाको खार्पुनाथ गाउँपालिकाको वामनखर्क भन्ने ठाउँमा दुर्घटनाग्रस्त हुँदा चालकदलका दुई सदस्यको समेत निधन भएको थियो । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ