arrow

सन्दीप लामिछानेले सुरेश रैनालाई आउट गरेको दिन

logo
प्रकाशित २०७५ जेठ ५ शनिबार
sandip-lamichane.JPG

काठमाडौं । नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेले सुरेश रैनाको विकेट लिएिका छन् । भारतका सफल ब्याट्सम्यान सुरेश रैनालाई सन्दीपले आइपिएल टी–२० क्रिकेटको खेलमा आउट गरेका हुन् । दिल्ली डेयर डेभिल्सबाट दोस्रो खेल खेलेका सन्दीपले चेन्नई सुपर किङ्सका अनुभवी ब्याट्सम्यानलाई आउट गरेका हुन् । 

दिल्लीमा भएको खेलमा दिल्लीले ३४ रनले जित्यो । खेलमा पहिले ब्याटिङ गरेको दिल्लीले ५ विकेटको नोक्सानीमा १६२ रन बनायो । रिसभ पन्तले ३८ तथा विनय शंकर र हर्षल पटेलले ३६–३६ रन बनाए । 

जवाफमा चेन्नईले ६ विकेटको नोक्सानीमा १२८ रन बनायो । अम्बाटी रायुडुले ५० रन बनाए । ट्रेन्ट बोल्ट र अमित मिश्राले २–२ विकेट लिए । 

सन्दीपले ४ ओभरमा २१ रन दिएर १  विकेट लिए । उनले १ छक्का दिएका थिए । पहिलो ओभरमा २ रन, दोस्रो ओभरमा ६ रन दिएका सन्दीपले तेस्रो ओभरमा २ रन दिएर विकेट लिए । चौथो ओभरमा भने १० रन दिएका थिए । 

यसअघि रोयल च्यालेन्जर्स बैंगलोरका भारतीय खेलाडी पार्थिब पटेललाई सन्दीपले एलबीडब्लू आउट गरेका थिए । 

दोस्रो खेलमा पनि सफलता पाएपछि सन्दीपले अन्तिम खेल पनि खेल्ने पक्का छ । सन्दीपले विश्व ११ बाट वेष्ट इन्डिजविरुद्ध इंगल्याण्डको लर्डसमा च्यारिटी टी–२० समेत खेल्न पाउने भएका छन् । 

 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ