arrow

कम्युनिष्ट नेता मण्डलले बाढे असहाय र विपन्न परिवारलाई ६ महिना पुग्नेगरी खाद्यान्न

logo
कुमोद अधिकारी,
प्रकाशित २०७५ जेठ ५ शनिबार
rahat_bitaran1.jpg

विराटनगर ।  विराटनगर महानगरपालिका–१ मा रहेको एउटा संस्थाले असहाय, अपांग तथा कामगर्न नसक्ने २० परिवारलाई जिविको पार्जनका लागी  आगामी ६ महिनासम्म खाद्यान्न उपलव्ध गराउने भएको छ ।

 हामी पहिले मानव हौ नामक संस्थाले विराटनगर महानगरपालिकामा रहेका त्यस्ता परिवारलाई खाद्यान्नको व्यवस्था मिलाएको हो । संस्थाले विराटनगर स्थित परोपकार घाटमा आज एक कार्यक्रमको आयोजनागरी ती परिवारलाई चामल, दाल, तेल, नुुन जस्ता आवश्यक खाद्यान्न वितरण गरेको छ ।

 नेपाल कम्युनिष्ट पार्टिका नेता एंव  सांसद शिवकुमार मण्डल र  संस्थाकी अध्यक्ष रिता पन्तले सयुक्त रुपमा ती परिवारलाई खाद्यान्न वितरण गरे । आफैले लगानी लगाएर ६ महिनासम्म दिनदुखिलाई खाद्यान्नको व्यवस्था मिलाएको अध्यक्ष पन्तको भनाई छ । विराटनगर–१ को नमुनामार्गमा रहेको संस्थाले प्रतेक महिनाको पाचगते ती परिवारलाई खाद्यान्न वितरणगर्ने व्यवस्था मिलाएको छ ।

कार्यक्रममा वोल्दै सांसद मण्डलले वृद्धा आश्रम खोल्नेभन्दापनी यसरी दिनदुखीलाई सेवागर्नु मानव धर्म भएको वताए  । उनले घरमा सम्पती हुदहुदैपनी आमावुवालाई वुद्धाश्रममा लगेर छाडने छोराछोरीलाई राज्यले दण्डित गर्नुपर्ने कानुन ल्याउनुपर्ने वताए ।
 
कार्यक्रममा वोल्दै संस्थाकी अध्यक्ष रिता पन्तले हामी पहिले मानव भएकाले मानव मानव विच भाइचाराको सम्वन्ध स्थापितगर्न र  सवैधर्म जातीलाई सम्मानगर्न नैतिक शिक्षा आजको आवश्यकता भएको  वताइन् । संस्थाले आमावुवाको निस्वार्थ सेवागर्ने सन्तान तथा दाइजो नलिई विवाहगर्ने व्येक्तिलाई समेत सम्मान गरेको थियो ।

 संस्थाले विराटनगर स्थित मोरङ कारागारमा रहेको ४० जना महिला कैदिहरुलाई  नैतिक शिक्षा तथा सुरक्षागार्डलाई समेत सात दिने क्षमता अभिवृद्धि तालिम प्रदान गरेको संस्थाकी अध्यक्ष पन्तले वताए  । संस्थाले अपांग तथा असहाय परिवारका लागी घरटहरा समेत निमार्ण गरेको जनाएको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ