arrow

मेयर कप खुला भलिबल प्रतियोगिता हुने

logo
रमित बि.क.,
प्रकाशित २०७५ जेठ ५ शनिबार
volleyball-game.jpeg

बाजुरा ।  बुढीगंगा नगरपालिका पहिलो मेयर कप जिल्ला स्तरीय खुला पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने भएको छ । नगरपालिकाको सहयोग र जिल्ला खेलकुद विकास समितिको आयोजनामा कार्यक्रम सञ्चालन हुने नगर प्रमुख दिपक विक्रम शाहले बताएका छन् ।

खेल असार १ गतेदेखि ५ गतेसम्म भानुदय मावि नौविसमा हुने खेलकुद विकास समिति अध्यक्ष हिक्मत थापाले बताएका छन् । स्थानीय तह कार्यान्वयन पछि नौ वटा स्थानीय हत मध्ये बुढीगंगा नगरपालिकाले पहिलो मेयर कपको आयोजना गरेको हो ।

स्थानीय संरचना निर्माण पछि पालिका स्तरमा खेलकुदका गतिविधि बढाई खेल क्षेत्रको विकास र प्रवद्र्धनका लागि मेयर कप आयोजना गर्न लागिएको नगरपालिकाले बताएको छ । खेलको विजेतालाई प्रथम पुरस्कार ५५ हजार ५ सय ५५ रुपैया नगद सहीत प्रमाण पत्र र मेडल दिईने भएको छ ।

त्यसैगरी द्धितीय हुनेलाई रु ३३ हजार ३ सय ३३ रुपैया नगद, प्रमाण पत्र तथा मेडर र तृतीय हुने टिमलाई २२ हजार २ सय २२। रुपैया नगद सहीत प्रमाण पत्र र मेडल प्रदान गरिने भएको छ । खेलमा बुढीगंगा नगरपालिकाका तीन टिम भाग लिन पाउने छन् । भने अन्य आठ वटा स्थानीय तहबाट एक–एक वटा टिम सहभागि हुने भएका छन् ।
स्थानीय तह बीचको प्रतिस्पर्धा गराईने खेलमा आयोजक नगरपालिका भित्रबाट भने तीन टिमलाई सहभागि गराउने नगर कार्यालयले बताएको छ । सम्बन्धीत पालिकामा बसोबास गर्ने खेलाडीलाई मात्र सहभागि गराउने मापदण्ड अनुसार गाउँ तथा नगरपालिकाको सिफारिसका आधारमा मात्र टिम दर्ता गरिने बताईएको छ । टिम दर्ताका लागि २ हजार १ सय रुपैया शुल्क तोकिएको छ ।

मार्तडी केन्द्रीत गतिविधिलाई स्थानीय तह केन्द्रीत बनाउने र नौ वटा स्थानीय तहलाई खेल क्षेत्रमा लगानी गर्न अभिप्रेरीत गर्ने खेलकुद विकास समितिको लक्ष्य रहेको अध्यक्ष हिक्मत थापले बताएका छन् । खेलकुद विकास समितिले नौ वटै स्थानीय तहलाई बर्षादको २ र हिँउदका १ महिना बाहेक प्रत्येक महिना पालो पर्ने गरी कुनै न कुनै खेलकुद गतिविधि सञ्चालन गर्ने गरी समन्वय गरिरहेको छ । खेलमा सबै निकायको लगानी र सक्रियता आवश्यक छ, खेल राष्ट्रको पहिचान र मानव स्वास्थ्यका लागि आवश्यक व्यायम भएको अध्यक्ष थापाको भनाई छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ