arrow

झुमे युभेन्टसका फ्यान, झुमे खेलाडी

logo
प्रकाशित २०७५ जेठ ६ आइतबार
juventus-final.jpg

काठमाडौं। इटालियन फुटबल च्याम्पियन युभेन्टसले यसपटकको लिग सुखद तरिकाले सकाएको छ। युभेन्टसले अन्तिम खेलमा शनिबार राति हेलास भेरोनालाई २–१ ले हरायो। घरेलु मैदान एलियान्स स्टेडियममा युभेन्टसले २–० ले अग्रता लिएको थियो। रुगानीले ४९ औं र जानिकले ५२ औं मिनेटमा गोल गर्दै २–० को अग्रता दिलाए। ७६ औं मिनेटमा सेर्सीले गोल गर्दै अग्रता कम गरे। ८५ औं मिनेटमा युभेन्टसका लिच्टेनरले पेनाल्टीलाई गोलमा परिणत गर्न चुकेपछि खेल २–१ मै सकियो। 

सुखद अन्त्यसंगै तुरिनमा युभेन्टसका समर्थकले यादगार खुशीयाली मनाएका छन्। युेभन्टसका खेलाडीहरुले पनि खुल्ला बसमा रहेर समर्थकलाई साथ दिएका छन्। युभेन्टसले ९५ अंकका साथ उपाधि जितेको हो। एसएससी नापोली दोस्रो स्थानमा रहेको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ