arrow

सिन्धुली प्रशासनको सिण्डिकेट विरुद्ध रामेछाप उवासंघ उत्रियो आन्दोलनमा

logo
वद्री नयाँघरे,
प्रकाशित २०७५ जेठ ७ सोमबार
bp-highway1.jpeg

रामेछाप । रामेछाप जिल्ला र जिल्ला भित्र चल्ने मालवाहक गाडीहरुलाई आफ्नो भुमीमा चल्न नदिने भन्दै सिन्धुली प्रशासनले गाडी संचालनमा सिण्डिकेट कायम गरेको भन्दै त्यसको विरुद्ध रामेछाप उद्योग वाणिज्य संघले आन्दोलन गर्ने भएको छ ।
 
विपी राजमार्ग अन्तर्गत महोत्तरीको वर्दीवास हुँदै सिन्धुली, खुर्कोट–मन्थली र मन्थली हुँदै काभ्रेको धुलीखेलसम्मको सडकमा २०७१ सालवाट यातायातका साधनहरु संचालन हुँदै आएकोमा हाल आएर सिन्धुली प्रशासनले रामेछाप तर्फ चल्ने मालवाहक गाडीको हकमा १० टन सामान वोक्न सक्ने र यात्रुवाहकको हकमा १८ सिटसम्मका यातायातका साधनहरुलाई मात्र संचालन गर्न पाउने भन्दै सोही वमोजीमको सूचना गरेपछि रामेछाप उद्योगवाणिज्य संघको नेतृत्वमा जिल्लाको ढुवानी व्यवसायी संघ समेत आन्दोलन गर्ने तयारीमा पुगेको हो ।

सिन्धुली र रामेछापको सिमाना नदी सुनकोशीको खुर्कोटमा पक्की मोटरेवल पुल निमार्ण हुनु अगावै १६ र १८ चक्के मालवाहक गाडी समेत संचालन हुँदै आएको थियो । त्यसपछि खुर्कोटको पुल निमार्ण सँगै सदरमुकाम मन्थलीसम्म साना तथा ठूला मालवाहक गाडी समेत संचालन हुन थालेपछि रामेछापेली जनताको लागि उक्त सडक वरदान सावित हुँदै आएको थियो ।
 
तर जिल्लावासीहरुको खुसी माथी खेलवाड गर्दै सिन्धुली प्रशासनले यातायात व्यवस्था विभाको निर्णय भन्दै पटक–पटक सिन्धुली वजारवाट सदरमुकाम मन्थली तर्फ र नेपालथोकवाट मन्थली मन्थलीतर्फ चल्ने मालवाहाक ठूला यातायातका साधनहरु संचालनमा प्रतिवन्द लगाउनुको साथै ती गाडीका कर्मचारीहरुलाई समेत मानसिक तथा आर्थिक यातना समेत दिदै आएका थिए । उनीहरुले सडकको क्षमता ठूला गाडी संचालनको लागि अयोग्य भएको यातायात व्यवस्था विभागको निर्देशनको आधारमा आफुहरु उक्त निर्णय गर्न वाध्य भएको जानकारी सिन्धुली प्रशासनले गराएको छ ।
 
यसरी  पुन सिन्धुली प्रशासनले जेठ १ गते सोहि व्यहोराको सूचनाटाँस गरि रामेछाप तर्फ चल्ने यातायातका साधनलाई सिन्धु्ली प्रशासनले प्रतिवन्ध लगाएपछि रामेछाप उद्योग वाणिज्य संघ आन्दोलनमा उत्रन वाध्य भएको रामेछाप उद्योग वाणिज्य संघ रामेछापका अध्यक्ष श्याम थापाले जानकारी दिए ।
 
यसै विच आईतवार जिल्ला प्रशासन कार्यालय रामेछापमा वसेको सर्व पक्षिय वैठकले पनि व्यवसायीहरुको आन्दोलनलाई सर्मथन गर्ने निर्णय गरेको छ । जिल्ला समन्वय समितिका अध्यक्ष प्रेम वहादुर खड्का मन्थली र रामेछाप नगरपालीकाका प्रमुख तथा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मा लगायत जिल्लाका राजनीतिक दल र नागरिक समाजका अगुवाहरु समेतको उपस्थितीमा सडकका नाममा श्रृखला बद्ध रुपमा सिन्धुली प्रशासनले सिण्डिकेट  लाउने काम गरेको भन्दै वैठकले त्यसको लागि केन्द्रिय सरकार र प्रदेश सरकारसँग समेत छुट्टा–छुट्टै रुपमा ध्यानआर्कषण गराउनुको साथै यसको दिर्घकालिन समस्याको समाधानका लागि तत्काल मन्त्री र सम्वन्धित मन्त्रालयको सचिव र निर्देशक समेत भेटेर कुरा गर्न डिलीकेशन समेत जाने निर्णय भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ