- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । रुस विश्वकपका लागि स्पेनले २३ सदस्यीय विश्वकप टोलीको घोषणा गरेको छ । टोलीमा सोचिएका दुई अनुभवी र नियमित खेलाडी विश्वकपमा समेटिन सकेनन् ।
सन् २०१० को विश्वकप विजेता स्पेनका चर्चित खेलाडीहरु इंगलिस क्लव चेल्सीका सेस फेब्रिगाससंगै एल्भारो मोराटा विश्वकप टिममा पर्न असफल भएका छन् । स्पेनलाई विश्वकप उपाधिको दावेदार पनि हो ।
इंगलिस क्लव आर्सनलका हेक्टर बेल्लेरिन पनि टोलीमा परेनन् । त्यस्तै चेल्सीका मार्को अलोन्सो पनि टोलीमा छैनन् । सिल्भा, सर्जियो बुस्केट्स तथा आन्द्रेस इनिएस्टासम्मिलित मिडफिल्डमा फ्याब्रिग्यासले पनि ठाउँ पाएनन् ।
त्यस्तै २०१६ को युरोमा दोस्रो सर्वाधिक गोलकर्ता मोराटा पनि टोलीमा नपर्नाले समर्थक आश्चर्यचकित परेका छन् ।
जुलेन लुपेटेगुईले घोषणा गरेको टिममा को को परे ?
गोलकिपर – डेभिड डे गेया, पेपे रियेना, केपा
डिफेन्डर– ड्यानि कार्जाभाल, एल्भारो ओडियोजोला, जेरार्ड पिके, सर्जियो रामोस, नाचो, जोर्डि अल्बा, नाचो मोनरियाल
मिडफिल्डर– सर्जियो बुस्केट्स, साउल, आन्द्रेस इनिएस्टा, डेभिड सिल्भा, थियागो, कोके, इस्को
फरवार्ड – एसेन्सियो, लुकास भाजक्वेज, डिएगो कोस्टा, रोड्रिगो मोरिनो, इयागो अस्पास