arrow

राष्ट्रिय बैंकले ठगेको सेवाग्राहीको गुनासो

logo
शैलेन्द्र रोकाया,
प्रकाशित २०७५ जेठ ८ मंगलबार
bank-banijya.jpeg

बझाङ। प्रत्येक मान्छेले आफ्नो घर भन्दा पनि आर्थिक कारोवार गर्न बैंकलाई नै सुरक्षित र भरपर्दो सोच्ने गर्दछन् । तर त्यही कार्यालय बाट आफुहरु ठगिदै आएको गुनासो लिएर आउने सेवाग्राही दिन प्रतिदिन बढ्दै आई रहेका छन्।

आईतबार  एक लाख ८३ हजार को चेक साट्न राष्ट्रिय वाणिज्य बैंकमा पुगेका खप्तड छान्ना गाँउपालिका ५ का ईन्द्र गिरीले चेक साटे तर  १७ हजार कम रकम बैकले भुक्तानी गरेको भन्दै बैकमा गुनासो लिएर आए तर उनलाई सबै रकम हामीले भुक्तानी गरेको भन्दै बैकका कर्मचारीहरुले फिर्ता गरे । 'मैले चेक साटे १७ हजार कम रकम बैकंले भुक्तानी दिएको रहेछ पैसा गन्दा थाहाँ भयो' गिरिले भने  बैकमा यसरी पनि लुटपाट नै हुदो रहेछ ।

'मैले बैकमा गएर रकम फरक परेकाले हिसाव र बैकमा रहेको सि सि क्यामेराको फुटेज हेरि दिन माग गरें, गिरिले भने तर बैकका क्यासिएर भरत गिरिले पैसा बढी आएको छ अहिले भिडभाड भएकाले भिड कम भए पछि आउनु होला र पैसा लिएर जानुहोला' भनेको थियो तर पछि जादा पैसा छैन् हामीले सबै रकम भुक्तानी गरेको हौ काउन्टरबाट बुझि लिएपछि बैैंक जवाफदेही नहुने भन्दै उनलाई पैसा नदिएर पठायो ।

उनले भने 'सिसि क्यामेरामा क्यासियरले पैसा गनेको भिडीयो त होला नी  त्यो पनि देखाएन् ।' यस्तो गुनासो ईन्द्र गिरीको मात्र होईन बैकं पैसा भुक्तानी लिन आउने अन्य सेवाग्राहीको हो । दुई हप्ता अगाडी सुर्मा गाँउपालिका ५ घर भएका चक्र बोहराले अठार लाखको चेक साटे एक लाखको एक गड्डीबाट २५ हजार कम रकम पाए । उनले पनि बैकमा आएर २५ हजार रकम कम पाएको गुनासो राख्दा बैकको काउन्टरबाट भुक्तानी भएको रकममा त्यही खेरै गनेर लिनुपर्छ नि भन्दै रकम दिएन उल्टै हप्काई खानु पर्यो ।  बोहराले भने 'मैलै अठार लाख त्यही बैकं भित्रै गन्दा एक दिन लाग्ने बैकमा यस्तो बदमासी हुन्छ भन्ने कसलाई बिश्वास लाग्छ र । मैले क्यासियरलाई निबेदन दिएर बैकको सि सि क्यामेराको फुटेज हेर्न माग गरे तर उहाँहरुले मान्नु भएन् के गर्नु पैसा आफुले बैक भित्रै गन्नु पर्ने अलि गल्ती भयो ।'

समान्यतया यस्ता घटना पछिल्लो क्यासियर भरत गिरी भएका बेला भएको सेवाग्रहीहरुको भनाई छ । यता क्यासियर भरत गिरीले भने काउन्टरमा सेवाग्राहीले गन्नु पर्ने अनि लिनु पर्ने बताए । काउन्टरबाट लिई सकेपछि दाबि गर्न नहुने उनको तर्क छ ।  

सामान्यतया एक लाखको गड्डीबाट हजार पाँच सय कम हुने सेवाग्राहीहरु त लाजले बैकसम्म पुग्दैनन् । खप्तड छान्ना गाउँपालिका ७ का विरेन्द्र सिहँले भने 'मैले पनि एक हप्ता अघि एक लाखको चेक साटेको थिए । त्यो पनि मेरो होईन रेडीयो खप्तड आवाजको थियो । बैकमा उक्त रकम मैले पनि गन्ती गरीन एक पुरै गड्डी थियो । ठिकै होला भन्ने ठानेको थिए । कोठामा पुगेर गन्दा एक हजार रुपैया कम थियो । म आफै अचम्ममा परे । चार पाँच पटक गन्दा एक हजार नै कम भयो । पछी उक्त पैशामा एक हजार थप गरेर एक लाख रुपैया बनाई अर्कोलाई दिनु पर्यो एक हजारको लागी के जानु के लफडा गर्नु भनेर म बैकमा नै गएन आफैलाई लाज लाग्यो ।'

यसरी धेरै स्थानीय बासिन्दाहरुले आफुहरु बैकबाट नै ठगिने गरेको गुनासो बढ्दै गएको  छ । यता राष्ट्रिय बाणिज्य बैकंका प्रबन्धक गोपालजङ्ग बहादुर सिहंले सेवाग्राहीको गुनासो बारे आफु अनबिज्ञ भएको बताए । उनले भने चेक साट्ने काम क्यासियरको भएको र उसैलाई थाहा हुन्छ ।'

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ