arrow

८ बर्ष बितिसक्दा पनि बनेन् बाजुराको गुईगाड पुल

logo
रमित बि.क.,
प्रकाशित २०७५ जेठ ८ मंगलबार
gard.jpg

 बाजुरा । साँफे–मार्तडी सडकखण्ड जोड्ने राजमार्ग अन्तर्गतको गुईगाड खोलाको पुल ८ बर्ष बितिसक्दा पनि बनेको छैन् । पुल निमार्णका लागि जिम्मा लिएको राजेन्द्र ठेगिम कम्पनीले ३ बर्षभित्र निमार्ण गरी सक्ने गरी सम्झैता गरेको करिव ८ बर्ष बितिसक्दा पनि अहिलेसम्म पुल निमार्ण हुन सकेको छैन् ।

 पुल निमार्ण नहुदाँ गुईगाड खोलाको बाटोमा साना तथा ठुला सवारी साधन रमानिसहरुलाई आवत जावतमा समस्या हुने गरेको स्थानीयको भनाई रहेको छ । पुल निमार्णका लागि २०६८ सालमा ठेक्का सम्झैता भई २०७० असार मसान्तसम्म सक्नुपर्ने सम्झैता भएपनि एक बर्ष अर्थात २०७२ अर्थात असारसम्म म्याद थपिएको थियो । २०७० साउन मसान्तभित्र काम पुरा नभएपछि सडक विभागले पुःन काम गर्ने गरी सोही रकममा कम्पनीलाई म्याद थप गरेको थियो । तर २०७१ सालमा समेत पुल पुल निमार्ण गर्ने नसक्दा पुःनन तेस्रो पटक म्याद थपेर काम गरेको थियो ।हालसम्म उक्त गुईगाड पुल बन्न सकेको छैन् ।

 ६० मिटर लम्बाईको ट्रस ब्रिज निमार्णका लागि आवश्यक ट्रस निमार्णमा लागि जिम्मेवारी दिएको कम्पनीले आफ्नो काम नगरेकोले निर्धारित मितिमा पुल निमार्ण भएको छैन् । यता प्रमुख जिल्ला अधिकारी चेतराज बरालले आफुले पुल निमार्णको बिषयमा ठेकदार भिम साउँद संग तत्काल काम सक्न निर्देशन दिएको बताएका छन् ।  यहि जेष्ठ मसान्तभित्र पुलको काम गरिसक्ने ठेकेदारबाट प्रतिक्रिया आएको उनले बताए । आफुहरु निरन्तर काममा लागेको तर सेटिङ्ग नमिल्दा ढिलासुस्ति भएको ठेकेदार साउँदले बताए । पुलको करिब ८० प्रतिशत काम सकि सकेकोले अबको १५ दिनभित्र पुल निमार्ण कार्य गरीसक्ने प्रतिक्रिया दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ