arrow

आइपिएलमा चेन्नईको कीर्तिमान

logo
प्रकाशित २०७५ जेठ ९ बुधबार
chennai1.JPG

काठमाडौं । भारतमा भइरहेको इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा चेन्नई सुपर किङ्स कीर्तिमानसहित फाइनलमा पुगेको छ । चेन्नई ७ औं पटक आइपिएलको फाइनलमा पुगेको छ । 

मंगलबार राति भएको पहिलो क्वालिफायरमा सनराइजर्स हैदराबादलाई २ विकेटले हराउँदै चेन्नई फाइनलमा पुगेको छ । चेन्नईले अहिलेसम्म प्लेअफमा १८ खेलेको छ जहाँ ११ पटक जित पाएको छ । 

तर हैदराबादले प्लेअफमा ६ खेल खेल्दा ३ पटकमात्र जितेको छ । 

मुम्बईमा भएको खेलमा पहिले ब्याटिङमा उत्रिएको हैदराबादले ७ विकेटको नोक्सानीमा १३९ रन बनायो । 

कार्लोस ब्राथवेथले २९ बलमा नटआउट रहँदै ४३ रन बनाए । जवाफमा चेन्नईले १९.१ ओभरमा ८ विकेटको नोक्सानीमा जित पूरा गर्यो । 

फाफ दु प्लेसिसले ९ खेलाडीसंग साझेदारी गर्ने क्रममा ४२ बलमा नटआउट रहँदै ६७ रन बनाए । 

शर्दुल ठाकुरले ५ बलमा नटआउट १५ रन बनाए । हारले हैदराबादले फाइनलका लागि अर्को क्वालिफायर खेल्नुपर्ने भएको छ । 

दोस्रो क्वालिफायरका लागि बुधबार कोलकाता नाइट राइडर्स र राजस्थान रोयल्सबीच कोलकातामा इलिमिनेटर खेल हुँदैछ । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ