- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
एजेन्सी। दक्षिण अफ्रिकाका क्रिकेटर एबी डिविलियर्सले अन्तराष्ट्रीय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन्। दक्षिण अफ्रिकाका पुर्व कप्तान तथा आधुनिक क्रिकेटका उत्कृष्ट खेलाडी डिविलयर्सले ट्विटरमा भिडीयो पोष्ट गर्दै आफ्नो सन्यासको घोषणा गरेका हुन्।
'मैले आज ठुलो निर्णय गरें। म सबै किसिमको अन्तराष्ट्रीय क्रिकेटबाट सन्यास लिंदैछु' डिविलियर्सले भिडियोमा भनेका छन्। ' म थाकी सकें। अब अरुले मेरो स्थान लिनुपर्छ' डिविलियर्सले विश्वलाई चकित पार्ने घोषणा गरेका हुन।
आईपीएलमा उत्कृष्ट फर्ममा रहेका ३४ बर्षिय डिविलियर्सले विश्वलाई चकित पारेका छन्। ' १ सय १४ टेष्ट, २ सय २८ एकदिवसीय अन्तराष्टरीय र ७८ टि-२० अन्तराष्ट्रीय पछि अरुले मेरो स्थान लिनु पर्छ। मेरो पालो थियो र ईमान्दारीका साथ भन्दा म थाकिसकें'।
'यो मेरो लागि गाह्रो निर्णय हो। राम्रो क्रिकेट खेलिरहेको समयमा सन्यास लिने मेरो चाहना थियो। भारत र अष्ट्रेलीयासँगको शृखंला बिजय पश्चात यो सही समय हो' उनले भने।
अफ्रिका भन्दा बाहिर खेल्ने आफ्नो कुनै पनि योजना नभएको खुलस्त पार्दै अफ्रिकाको घरेलु क्रिकेट खेल्ने खुलस्त पारे।