arrow

उपराष्ट्रपति 'चिल्ड्रेन गेम्स' मा स्याङ्जालाई ६ स्वर्ण

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७५ जेठ ९ बुधबार
children-game.jpg

स्याङ्जा ।  प्रदेश स्तरीय प्रथम उपराष्ट्रपति चिल्ड्रेन गेम्समा स्याङ्जाले ६ स्वर्ण, २ कास्यपदक हासिल गरेर दृतिय स्थान ओगेटेको छ । प्रदेश नम्वर ४ को विद्यालय स्तरीय उपराष्ट्रपति चिल्ड्रेन खेलमा स्याङ्जा दोस्रो भएको हो ।

एथ्लेक्टिक तर्फ बालविद्या माविका छात्र राउल गुरुङ्, सोही विद्यालयका छात्रा रिया थापा र हिमालय वोडिङ् स्कुलका नुतन श्रेष्ठले स्वर्ण पदक दिलाएका थिए भने लक्ष्मी माविका वविता गैह्रेले कास्य पदक दिलाएको जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष केशभक्त गुरुङ्ले जानकारी दिए ।

गुरुङ्का अनुसार राउल गुरुङ्ले २ स्वर्ण, रिया थापाले २ स्वर्ण, नुतन श्रेष्ठले २ स्वर्ण, वविता गैह्रेले १ कास्य, कपिल काउचा ले १ स्वर्ण दिलाएर प्रदेश नम्वर ४ को प्रथम उपराष्ट्रिपति चिल्ड्रेन खेलमा दोस्रो स्थान ल्याउन सफल भएका थिए । स्वर्ण पदक दिलाउन सफल भएका खेलाडीले राष्ट्रिय खेलको प्रतियोगितामा भाग लिने प्रशिक्षक तथा एन्फा स्याङ्जाका पुर्व अध्यक्ष एलवि ज्वारचनले बताए ।

खेलकुद विकास समितिका उपाध्यक्ष गुरुङ् र ज्वारचनको ठुलो प्रशिक्षणबाट प्रदेश नम्वरमा दोस्रो स्थानमा स्याङ्जालाई विजयी गराउन सफलता मिलेको खेलाडीको भनाई छ । प्रदेशस्तरी खेलमा कास्की पहिलो र बागलुङ् तेस्रो भएका थिए ।  

 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ