arrow

कोलकाता आइपिएलको क्वालिफायरमा, राजस्थान बाहिरियो

logo
प्रकाशित २०७५ जेठ १० बिहिबार
kolkatta.JPG

काठमाडौं । कोलकाता नाइट राइडर्स भारतमा भइरहेको इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटको फाइनलका लागि क्वालिफायरमा पुगेको छ । बुधबार राति कोलकातामा भएको इलिमिनेटर खेलमा २५ रनले विजयी हुँदै घरेलु टोली क्वालिफायरमा पुगेको हो । 

कोलकाताले दिएको १७० रनको चुनौती पछ्याएको राजस्थानले ४ विकेटको नोक्सानीमा १४४ रन मात्रै बनायो ।

अजिन्क्या राहाणेले ४६, सञ्जु सामसोनले ५० तथा राहुल त्रिपाठीले २० रन बनाए ।

त्यसअघि पहिले ब्याटिङ्ग गरेको कोलकाताले ७ विकेटको नोक्सानीमा १६९ रन बनाएको थियो । कप्तान दिनेश कार्तिकले ५२ र आन्द्रे रसेलले नटआउट ४९ रनको योगदान दिए ।

यो हारसंगै राजस्थान प्रतियोगिताबाट बाहिरिएको छ । कोलकाताले भने फाइनल प्रवेशका लागि शुक्रबार हुने दोस्रो क्वालिफायरमा सनराइजर्स हैदराबादसँग प्रतिस्पर्धा गर्नेछ ।

हैदराबाद पहिलो क्वालिफायरमा चेन्नई सुपर किंग्ससँग पराजित भएको थियो । चेन्नई भने फाइनल पुगिसकेको छ । फाइनल भिडन्त आइतबार हुनेछ । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ