arrow

‘सन्दीप लामिछाने द स्टार’ सम्मानको लहर, गायकको रुपमा उदाउँदै 

logo
प्रकाशित २०७५ जेठ १० बिहिबार
sandeep2.jpg

काठमाडौँ । नेपाली युवा क्रिकेटर सन्दीप लामिछाने आफ्नो जादूमयी बलिङका कारण दिनप्रतिदिन शिखरमा पुग्दै गएका छन् । भारतमा इन्डियन प्रिमियर लिग खेल्ने मौका पाएपछि त उनको विश्वमै वाहीवाही भइरहेको छ । 

उनी आर्थिक रुपले पनि सबल बन्दै गएका छन् । उनी २० लाख भारतीय रुपयाँ (३२ लाख नेपाली रुपैयाँ) मा दिल्ली डेयर डेभिल्सबाट खेले । ३ खेलमात्र खेल्न पाए । ५ विकेट लिए । यो हिसाबले उनको एक विकेटको मोल ४ लाख भारु हो । 

आइपिएल खेल्ने अन्य खेलाडीका तुलनामा यो निकै कम रकम हो । तर नेपालजस्तो गैरव्यवसायिक देशबाट एउटा क्रिकेटरले कमाएको यो भने उच्च मोल हो । तर उनले भारतबाट फर्केपछि कमाउने मुल्य आइपिएलको भन्दा बढी हुने निश्चित छ । 

मंगलबार नेपाल फर्केका सन्दीपका लागि बुधबारको दिन निकै फलदायी भयो । उनलाई सिप्रदी ट्रेडिङ प्रालिले टाटा टिगोर कार प्रदान गरेको छ । सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ र टाटा मोटर्सका कन्ट्री म्यानेजर अजितनारायण सिंहले सन्दीपलाई कार हस्तान्तरण गरेका थिए । 

यो कारको बजार मूल्य २४ लाख ९५ हजार रुपैयाँ पर्दछ । उनी सिप्रदीका प्रवर्धक पनि भएका छन् । यो काम उनले तीन वर्ष सम्म गर्नुपर्नेछ । सिप्रदीले सामाजिक उत्तरदायित्व अन्तर्गत विङ सिप्रदियन सहायता संस्थामार्फत् नेपाली राष्ट्रिय टोलीका आरिफ शेख र सुनील धमलालाई प्रायोजन गर्दै आएको छ ।

सन्दीपलाई केडिया अर्गनाइजेसनको यती कार्पेटले पनि सम्मान गरेको छ । डीएभी स्कुलमा आयोजित कार्यक्रममा उनलाइ एक लाख रुपैयाँसहित सम्मान गरिएको हो । उनले खेलाडीहरुलाई उत्साह थप्ने भाषण  पनि गरे । 

सन्दीपलाई अब धेरै स्कुलले भ्याएसम्म अतिथि बनाएर सम्मान गर्नेछन् । सन्दीपले भ्याएसम्म जानेछन् । तर उनको व्यवसायीक खेल आफ्नो ठाउँमा छ । 

सन्दीपको गायकीपन आउँदै 
सन्दीपले बुधबार डीएभी स्कुलमा विद्यार्थीमाझ गीत गाए । उनले राजु लामाको ‘तिमीलाई देखेर हिमाल हाँसेको’ गीत गाएर विद्यार्थीलाई उत्साहित बनाए । 

यो उनको गायक बन्ने संकेत हो । उनको गीत कम्पोज पनि भइरहेको छ । उनले एल्बम नै निकाल्ने सोच रहेको बताउँदै आएका छन् । 

उनले प्रतिक्षा द वेटिङ भन्दै गीत निकाल्ने बताउँदै आएका छन् । 

ट्वीटरमा बिहिबार ट्वीट गर्दै सन्दीपले छिट्टै गीत बाहिर आउने बताएका छन् । 

उनले गीतको बोल पनि लेखेका छन्, ‘आँख़ा चिम्ले तिम्रै मुहार सामुन्ने आई रहन्छ !
आँख़ा चिम्ली येसै गरी बसिरहुँ जस्तै लाग्छ !!
पाऊँ कसरी म तिमिलाई ?

एउटा क्रिकेटर अब गायक पनि भयो भने त्यो भन्दा ठूलो सेलिब्रिटी को होला ? 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ