arrow

तुलसीपुर ५ का २ सय महिलालाई उद्यमी बनाईदै

logo
सुशील बस्नेत,
प्रकाशित २०७५ जेठ १० बिहिबार
mahila1.jpg

दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ५ का २ सयजना महिलाहरु उद्यमी बनेका छन् । वडा नम्वर ५ को कार्यालयले यसआर्थिक बर्षमा २ सय जना महिलाहरुलाई बुटीक,स्क्रीन प्रिन्ट,सिलाईकटाई,कम्युटर,लाछा डोरी बनाउने सीप सिकायको वडा अध्यक्ष बिरेन्द्रकुमार शाहले जानकारी दिए ।

 उत्पादनशील कार्यमा महिलाहरुलाई सहभागि गराउने उदेश्यका साथ वडा नम्वर ५ ले बिभिन्न ५ प्रकारका सीप सिकाएको उनले बताए । यसबाट आयआर्जन गर्न सीपले मद्धत गर्ने छ,त्यती मात्र नभई रोजगारको अवसर पनि ती महिलाहरुले प्राप्त गरेको उनले बताए । आगामी आर्थिक बर्षमा सीप सिकेका र सीपलाई उपयोग गरिरहेका महिलाहरुलाई संगठित गरि उनीहरुको उद्यमलाई आर्थिक सहयोग गर्ने योजना बनाईने अध्यक्ष शाहले जानकारी दिए  ।

कार्यक्रमका प्रमुख अतिथी,तुलसीपुर उपमहानगरपालिकाका प्रमुख कार्यकारि अधिकृत टोपेन्द्रबहादुर केसीले उद्यमशील बन्न प्रशिक्षार्थीहरुलाई आग्रह गरे । राम्रो सीप सिक्ने अवसर प्राप्त गरि दक्ष जनशक्ति उत्पादन भएको छ ,अव राम्रो संग सीपलाई प्रयोग गर्नुपर्छ उनले भने ।  बिशिष्ट अतिथी मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय सचिब एबम पत्रकार सुशील बस्नेतले सीकेको सीपलाई सृजनशील बनाउन आग्रह गरे। दाङको पहिचानका लागि पनि सृजनशीलताको आबश्यकता छ,उनले भने ।

 सो अवसरमा बुटिक तालिकका समन्वयकर्ता धु्रव आचार्य,सहभागि यशोदा पाण्डे,सीता अर्याल,चम्पा विक लगायतले महिलाहरुको आर्थिक अबस्था अव मजवुत बन्ने अपेक्षा ब्यक्त गरे ।



नयाँ