निजी समारोहका बीच गर्न लागिएको यस किसिमको विवाह ब्राजिलको नियमअनुसार भने अवैध हो । यस्तो विवाह गरेमा ब्राजिलमा छ वर्षसम्म जेल सजाय हुनसक्ने कानुनी प्रावधान रहेको छ । जसको कारण रोनाल्डिन्होको यो विवाह पनि आधिकारिक रुपमा भने दुई विवाहको रुपमा दर्ता नहुने बताइएको छ ।
बार्सिलोनाका पूर्व स्टारले सन् २०१६ देखि बियट्रिजसँग डेट सुरु गरेका थिए तर प्रिसिल्लालाई पनि उनले ब्रेकअप दिएका थिएनन् । प्रिसिल्लासँग केही वर्षअघि देखि नै उनी रिलेसनमा थिए ।
विवरणमा बताइएअनुसार दुवैले रोनाल्डिन्होबाट आफ्नो इच्छाअनुसार खर्च गर्नको लागि करिब १५ सय पाउण्ड पाउँछन् । रोनाल्डिनोको बहुविवाहको विषयमा भने उनले बहिनीले पनि विरोध गरेकी छिन् । उनले यो विवाहमा आफू सहभागी नहुने यसअघि नै बताइसकेकी छिन् । (एजेन्सी)