- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । केन्द्रीय राजधानी काठमाडौंमै बर्डफ्लु भेटिएको छ । राजधानीका २ वटा पोल्टी फर्ममा पालिएका कुखुरामा बर्डफ्लु देखिएको स्वास्थ्य सेवा विभागले जनाएको छ ।
विभागका अनुसार धर्मस्थली क्षेत्रमा रहेको २ पोल्ट्री फर्ममा पालिएको कुखुरामा बर्डफ्लू भेटिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
राजधानीमै संक्रमण देखिएपछि संत्रास फैलिएको छ । बर्डफ्लु देखिएपछि राजधानीमा सर्तकता अपनाइएको छ । राजधानी बाहिरबाट काठमाडौं भित्रने र राजधानीका वरिपरि पालिएका कुखुरा फर्मबाट कुखुरा नउठाउन पनि सरकारले निर्देशन दिएको छ ।
शुक्रबारबाट राजधानीका सबै पोल्टीफर्ममा र्यापिट रेस्पोन्स टिम बनाएर पठाउने तयारी गरेको कृषि मन्त्रालयले जानकारी दिएको छ ।