arrow

सम्पति विवरणमा सुन नै किन देखाइन्छ ? यस्तो छ अर्थशास्त्र 

logo
डा रवीन्द्र समीर,
प्रकाशित २०७५ जेठ ११ शुक्रबार
rabindra-sameer.jpg

काठमाडौं । मन्त्री, कर्मचारी वा उच्च पदस्थ व्यक्तिहरुले सम्पति विवरण पेश गर्दा नगद, सेयर वा जग्गाभन्दा सुनचांदी देखाउन चाहन्छन् । किनकि –

१, सुनचांदीलाई पुर्ख्यौली सम्पति, दाइजो, पेवा वा उपहार भन्न पत्याउंदो हुन्छ । अन्य सम्पति जस्तो सुनको अभिलेख हुँदैन ।

२ लाभको पदमा पुगेपछि भ्रष्टाचार, कमिसन वा अन्य गैह्र कानुनी तरिकाले धन आर्जन गरेमा त्यसलाई कानुनी बनाउन वा स्रोत देखाउन सुनचांदी बेचेको भनेर सफाइ दिन सकिन्छ । किनकि सुनचांदी बिक्रि गरेको वा नगरेको कुनै प्रमाण हुँदैन । जस्तै १–२ तोला मात्र सुन भएको व्यक्तिले सम्पत्ति विवरणमा ४० तोला लेख्यो भने ४० गुणा ६०,००० (सरदर) बराबर २४ लाख । उक्त व्यक्तिले २४ लाख भ्रष्टाचार गरेमा सुन बेचेको पैसा भनेपछि स्रोत देखिन्छ ।

३ सुनको मूल्य बढिरहेको हुन्छ । तसर्थ लामो समयपछि अझै ठूलो रकमको स्रोत खुलाउन मिल्छ ।

४ भविष्यमा गर्न सक्ने भ्रष्टाचारको सम्भाव्यताको आधारमा सुन देखाउने चलन छ । विवरण पेश गरेको समयमा सबैको त्यति सुन हुँदैन ।

विवरण भरे अनुसारको दाइजो, पेवा, सहयोग वा अन्य स्रोत ९० % गलत हुन्छन् । देखाइएको ऋण पनि (बैंकको बाहेक) प्रायः गलत हुन्छ । केहि परेमा आफ्नो अनुकुलता अनुसार हिसाब गोलमोटोल गर्न ऋण देखाउने प्रचलन छ ।

५ प्रत्येक बर्ष सम्पत्ति विवरण अध्यावधिक गर्दा सुनको मात्रा बढेको देखाइन्छ र त्यसको स्रोत पुरानो तलबभत्ता भनिन्छ । यो प्रक्रियाबाट उत्तरोत्तर बढी रकमको स्रोत खुलाउन सजिलो हुन्छ । (फेसबुकबाट)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ