arrow

पेटेन्ट राइट मुद्दामा सामसुङ दोषी ठहर, एप्पललाई ५३ करोड ९० लाख डलर बुझाउने 

logo
प्रकाशित २०७५ जेठ ११ शुक्रबार
Samsung_Logo.png

काठमाडौं । अमेरिकी अदालतले सामसुङ कम्पनीलाई पेटेन्ट राइट मुद्दामा दोषी रहेको ठहर गरेको छ । बिहिबार अदालतले एप्पलको आईफोनको केही फिचरहरु कपी गरेको भन्दै सामसुङ कम्पनीलाई ५३ करोड ९० लाख अमेरिकी डलर बराबरको रकम बुझाउन निर्देशन दिएको हो । 

विश्वका प्रमुख स्मार्टफोन कम्पनीहरुको बीचमा लामो समयदेखि चलिरहेको पेटेन्टको मुद्दामा सामसुङ कम्पनी दोषी रहेको पाइएको हो । 
यी दुई कम्पनीहरुको बीचमा सन् २०११ देखि पेटेन्टको विषयलाई लिएर मुद्दा जारी रहेको थियो । 

यसअघि एप्पल कम्पनीलाई क्षतिको एक अर्ब पाँच करोड बुझाउनको लागि अदालतले निर्देशन दिएको थियो तर उनीहरुको मुद्दाको पूर्ण सुनुवाई भने भएको थिएन । 

सामसुङ कम्पनीले एप्पलका विभिन्न पाँच किसिमको पेटेन्टको उलंघन गरेको पाइएको हो । जसमा तीन किसिमको पेटेन्टको उलंघनको लागि ५३ करोड ३३ लाख डलर बुझाउनका लागि निर्देशन दिइएको थियो भने बाँकी दुईको लागि बाँकी रकम तिर्नका लागि निर्देशन दिइएको हो । 

एप्पल कम्पनीले न्याय दिएकोमा अदालतलाई धन्यवाद दिएको छ । उसले एक विज्ञप्ति जारी गर्दै यो मुद्दा पैसाभन्दा पनि ठुलो रहेको कम्पनीले बताएको छ । 

सामसुङ कम्पनीले भने अहिले अदालतले दिएको निर्देशनमा असन्तुष्टि जनाएको छ । उसले एप्पललाई केवल दुई करोड ८० लाखको क्षति मात्र बुझाउनुपर्ने अवस्था रहेको बताएको छ । एप्पल कम्पनीले सबै आईफोनको नाफामा देखिएको क्षतिपूर्ति पाउनुपर्ने माग गरेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ