arrow

विष्णुपादुकामा तरुण कप, ३-१ ले सहारा विजयी

logo
प्रकाशित २०७५ जेठ ११ शुक्रबार
football_1.jpg

धरान । नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दल २० नं. वडा समिति, धरानले विष्णुपादुकामा प्रथम तरुण कप–२०७५ फुटबल प्रतियोगिताको आयोजना गरेको छ । नेपाल तरुण दल, धरान २० का अध्यक्ष प्रकाश राईको अध्यक्षतामा भएको प्रतियोगिताको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि एनफाका मानर्थ वरिष्ठ उपाध्यक्ष किशोर राई, नेपाली कांग्रेसका सुनसरी जिल्ला सचिव एवम् प्रवक्ता सुजेन्द्र गोले, जिलला सदस्य पदम लिम्वु, धरान नगर सभापति तिलक राई, २० नं. वडा अध्यक्ष एवम् धरान उपमहानगरपालिकाका प्रवक्ता मणि राई, नेपाल तरुण दल धरानका अध्यक्ष हिमाल श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राखेका थिए । उनीहरुले फुलबलको विकासका लागि ठोस नीति, योजना निर्माण र सबैबाट विशेष पहल हुनुपर्नेमा जोड दिए ।

उद्घाटन खेलमा सहारा फुटबल क्लब तामाखाम फुटबल क्लबलाई तीन–एकले हराउंदै विजयी भए ।  सहारा क्लबको तर्फवाट प्रकाश राई, अर्पण राई र पवन राईले एक–एक गोल गरे । तामाखाम फुटबल क्लबका तर्फवाट सुरेन्द्र राईले एक मात्र सान्तवना गोल गरे । खेलको मेन अफ द म्याच सहरा क्लबका प्रकाश राई भए । उनले प्रमुख अतिथि राईवाट जर्सी सेट र नेपाली कांग्रेस धरान नगर सदस्य पञ्चकला राईवाट नगद एकहजार प्राप्त गरे ।

प्रतियोगितामा देवी गाउं फुटबल क्लब, ठूलो खैरे फुटबल क्लब, भालुढुंगा फुटबल क्लब, विष्णु सांस्कृतिक फुटबल क्लब, सिरिसे फुटबल क्लब, अंधेरी फुटबल क्लब, शन्ति युवा फुटबल क्लब, चिन्डे डांडा फुटबल क्लब, ज्यामिरे फुटबल क्लब, सिमसारे सानो खैरे फुटबल क्लब गरी १२ वटा स्थानीय क्लबहरुले सहभागीता जनाएका छन् । उद्घाटन कार्यक्रममा धरान नगर उपसभापति महेन्द्र तामाङ, सचिव युवराज शंकर, तरण दलका केन्द्रिय पार्षद देवेन्द्र लिम्वु, पूर्व नगर सदस्य गोपाल कार्की लगायतको समेत उपस्थिति रहेको थियो ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ