arrow

शोकमा सिल्भा : टेष्ट खेल्न वेस्ट इन्डिज हिड्नै लाग्दा पिताको हत्या 

वेस्ट इन्डिज जाने टोलीबाट नाम हट्यो’

logo
प्रकाशित २०७५ जेठ ११ शुक्रबार
di_silva.png

काठमाडौं । श्रीलंकाका क्रिकेट खेलाडी धनञ्जय डि सिल्भालाई शाेक परेकाे छ । राजनीतिज्ञ समेत रहेका सिल्भाका पिता रन्जन डी सिल्भाकाे अपरिचित हतियारधारी समूहले गोली हानी हत्या गरिदिएको हो । 

विहीबार मध्यरातमा श्रीलंकाको राजधानी कोलम्बोमा यो घटना घटेको त्यहाँको प्रहरीलाई उदृत गर्दै श्रीलंकाली सञ्चार माध्यमले जनाएका छन् । प्रहरीले अहिले घटनाको विषयमा अनुसन्धान जारी रहेको तर, अहिलेसम्म कोही पनि पक्राउ नपरेको बताएको छ । 

सिल्भाका पिताको हत्यापछि श्रीलंकाका क्रिकेट खेलाडीको वेस्ट इन्डिज भ्रमण पनि प्रभावित भएको छ । श्रीलंकाली क्रिकेट अधिकारीहरुले तीन टेष्टसहितको श्रृङ्खलाको लागि वेस्ट इन्डिज भ्रमणमा जाने टोलीबाट सिल्भाको नाम फिर्ता लिइएको जानकारी दिएका छन् ।
 
सिल्भाको स्थानमा वेस्ट इन्डिज भ्रमणमा को जाने भन्ने विषयमा भने कुनै जानकारी दिइएको छैन । श्रीलंकाले यो भ्रमणको लागि यसअघि नै आफ्ना ओपनर दिमुथ करुणरत्नेलाई गुमाइसकेको थियो । औंलाको चोटको कारण उनी यो भ्रमण टोलीभन्दा बाहिर रहने छन् ।–एजेन्सी 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ